ईकोनोमिक खबर, काठमाडौं।
राजश्व अनुसन्धान विभागले श्रावण १ गते देखि नयाँ नियम पूर्णरुपमा कार्यान्वयनमा ल्याउदै छ ‘भेहिकल एण्ड कन्साइन्मेन्ट ट्र्याकिङ’।
अब बाट कुनै बस्तु एक स्थानबाट अर्को स्थानमा व्यवसायिक प्रयोजनका मालसामान ओसारपसार गर्दा सो सम्बन्धी विवरण वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा अनिवार्य प्रविष्ट गराउनु पर्ने जानकारी विभागका प्रवक्ता राजिव पोखरेल दिएका छन। साउन १ देखि ढुवानी साधन तथा मालसामानको संक्षिप्त विवरण प्रविष्ट गरेर मात्र ढुवानी गर्नुहुन जानकारी गराइन्छ,’ विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
अन्य विवरणका लागी विभागको वेभसाईटबाट प्राप्त गर्नसकिनेछ www.dri.gov.np
के हो VCTS सिस्टम ?
मालसामान ओसारपसार गर्दा सो सम्बन्धी विवरण वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा प्रविष्ट गराउने प्रविधि VCTS हो।
‘एक स्थानबाट अर्को स्थानमा व्यवसायिक प्रयोजनका मालसामान ओसारपसार गर्नुपूर्व सो सम्बन्धी विवरण वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा प्रविष्ट गरेर मात्र ओसारपसार गर्नुपर्ने सिस्टम नै ख्ऋत्क् सिस्टम हो।
कुनैपनि उद्योग वा भन्सार विन्दु देखि व्यवसायिक प्रयोजनका मालसामानको आन्तरिक ओसारपसार गर्ने आयात–निर्यातकर्ता, भन्सार एजेन्ट, ढुवानी व्यवसायी, उद्योग, वितरक तथा थोक विक्रेताले मालसामान थोकस्तरमा विक्री वितरण गर्दा सम्मको स्थितिमा अनलाईन सिस्टममा बस्तुको पूरा विवरण प्राप्त गर्ने माध्यम र यसको जानकारी विभागको वेबसाइटमा रहन्छ। ‘भेहिकल एण्ड कन्साइन्मेन्ट ट्र्याकिङ’ आलाइन प्रणालीले आयात निर्यातको बारेमा प्रशस्त सूचना राख्ने भएकाले राजश्व छली एवं चुहावट रोक्न विभागलाई फाइदा पुग्ने आपेक्षा विभागका प्रवक्ताले बताएका छन।
यसबाट चोरी निकासी, पैठारी तथा आन्तरिक उत्पादनको परिवहनलाई ट्र्याकिङ प्रणालीमा आबद्ध गरिने छ । राजश्व अनुसन्धान विभागले आयातकर्ता एवं ढुवानी व्यवसायीले अनलाइन प्रणालीमा गाडी, चालकको विवरण, आयातित वस्तुको विवरण र स्थायी लेखा नम्बर समावेश नगरीकनै ढुवानी गरेमा कारवाही गरिने व्यवस्था रहेको छ । अनलाइन प्रणालीमा समावेश नगरीकनै ढुवानी गरेको पाइएमा ५० हजार रुपैयाँ देखि १ लाख रुपैयाँसम्म जरिवाना गरिने विभागले जानकारी गराएको छ ।