ईकोनोमिक खबर, काठमाडौं।
नेपाल राष्ट्र बैंकले मर्जरको लागि प्रोत्साहन र दबाबको वातवरण सिर्जना गर्दा १५ बाणिज्य बैंकहरूले मर्जरको नजिक रहेको राष्ट्र बैंकले जनाएको छ।
गत हप्तामा जम्मा ६ बैंकले मात्रै मर्जरको प्रतिबद्धतामा थिए। यस हप्ताको पहिलो दिनमा ९ बैंकले मर्जरको लागि प्रतिबद्धता जनाएको राष्ट्र बैंकले जनाएको छ। योसँगै मर्जरमा जाने प्रतिबद्धता जनाएका वाणिज्य बैंकको संख्या १५ पुगेको छ।
अहिलेसम्ममा २ वटा बाणिज्य बैंक मर्जर हुनेगरी सम्झौता भएको छभने २ बाणिज्य बैंकले विकास बैंक प्राप्ति गर्ने सम्झौता गरेका छन्।
१५ वटा वाणिज्य बैंक मर्जर जान प्रतिबद्धता भएको पत्र राष्ट्र बैंकमा बुझाएका छन यो हप्तासम्ममा केही थप हुनसक्ने राष्ट्र बैंकका प्रवक्ताका अनुसार जानकारी गराएका छन।
सिभिल बैंक, माछापुच्छ्रे बैंक, सेञ्चुरी बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, एनएमबि बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक, एनआइसी एसिया बैंक, कुमारी बैंक, हिमालयन बैंक, मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जरको प्रतिवद्धता बुझाएका हुन्।
ग्लोवल आईएमई बैंक जनता बैंकसँग मर्जर गर्ने सहमति गरिसकेको छ भने प्राइम बैंकले कैलाश विका बैंक प्राप्ति गरी मर्जरको लागि अर्को पनि बैंकसँग छलफल चलाएको छ। त्यस्तै सिटिजन बैंकले सहयोगी विकास बैंक प्राप्ति गर्ने सम्झौता गरेको छ।