विश्वकप क्रिकेटमा आजको खेल पाकिस्तान बंगलादेश विरुद्ध ब्याटिङमा


आइसीसी एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तान बंगलादेश विरुद्ध ब्याटिङ गरिरहेको छ।

लड्समा टस जितेर पहिला ब्याटिङ गरिरहेको पाकिस्तानले खेलिरहेको छ। बंगलादेश सेमिफाइलनको यात्राबाट बाहिरीसकेको छ भने पाकिस्तान झिनो आशासहित मैदान उत्रिएको छ। आजको खेलमा पाकिस्तानले बंगलादेशविरुद्ध चमत्कारिक जित निकाल्न सके विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ। हाल तालिकाको चौथो स्थानमा रहेको न्युजिल्याण्डको ११ अंक छ र नेट रनरेटमा धेरै अगाडि रहेकोछ।

आजको खेलमा पाकिस्तानले सामान्य जित निकाल्दैमा सेमिफाइनलको ढोका खुल्ने छैन। ३ सय १६ रन भन्दा फराकिलो अन्तरले बंगलादेशलाई पराजित गर्न सकेमात्र पाकिस्तानले न्युजिल्याण्डलाई उछिनेर सेमिफाइनलमा स्थान कब्जा गर्नेछ। तर बंगलादेशले पनि राम्रो प्रदर्शन गरिरहेकाले फराकिलो जित पाकिस्तानका लागि कठिन छ। अहिले अस्ट्रेलिया, भारत, इंग्ल्याण्ड र न्युजिल्याण्ड क्रमश पहिलो, दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन।