भारतीय काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीकोे पदबाट राजिनामा


इकोनोमिक खबर, काठमाण्डौ । भारतीय काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले औपचारिक रुपमा पदबाट राजिनामा दिनुभएको छ । लोकसभा चुनावमा भोग्नु परेको हारको जिम्मेवारी लिँदै उहाँले औपचारिक रुपमा आजबाट अध्यक्ष पदमा नरहेको घोषणा गर्नुभएको हो । गान्धीले यस अघि नै राजिनामा दिने बताए पनि निर्णय पुनविचार गर्न सक्ने आँकलन गरिएको थियो । तर आज उहाँले काँग्रेसको अध्यक्ष पद सम्हाल्न पाउँनु सम्मानको कुरा भन्दै पार्टीको भविष्यका लागि राजिनामा दिएको बताउनुभएको छ । काँग्रेस कार्यसमिती बैठकबाट नयाँ अध्यक्षको टुङ्गो लगाउनुपर्ने उहाँले बताउनुभएको छ । उहाँ २०१७ मा भारतिय काँग्रेसको अध्यक्ष बन्नुभएको थियो । गान्धीको राजिनामा संगै २१ बर्ष पछि भारतिय काँग्रेसको नेतृत्व गान्धी परिवार बाहिर जान सक्ने देखीएको छ । सुशिल शिंदे भारतिय काँग्रेसको नयाँ अध्यक्ष बन्ने संभावना धेरै छ । अशोक गहलोत र मल्लिकार्जुन खड्गे पनि अध्यक्षको दौडमा हुनुहुन्छ । गान्धीको राजिनामा पछि मोतीलाल वोरा अन्तरिम अध्यक्ष बन्ने संभावना रहेको छ ।