पुँजी बजारले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्ने–अर्थमन्त्री डा युवराज खतिवडा


ईकोनोमिक खबर, काठमाडौं।

अर्थमन्त्री डा युवराज खतिवडाले पुँजी बजारले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्ने बताउनु भएको छ । काठमाडौंमा आजदेखि सुरु भएको वित्तीय साक्षरतासम्बन्धी वृहत अन्तराष्ट्रिय सम्मेलनमा अर्थमन्त्री खतिवडाले पुँजी बजार सञ्चालनमा सरकारले नरोके पनि त्यसले राम्रोसँग काम नगरेको बताउनुभयो । अब पुँजी बजारलाई कडा निगरानी राख्ने उहाँको भनाइ छ ।

अर्थमन्त्री खतिवडाले नेपालमा रेमिट्यान्सको पुँजी परिचालन गर्नेहरुलाई वित्तीय साक्षर बनाउनुपर्नेमा पनि जोड दिनुभयो । वैदेशिक रोजगारीमा गएका ५० लाखभन्दा बढी युवाका परिवारले वित्तीय कारोबार गरे पनि उनीहरुलाई सुरक्षित र भरपर्दो बैंक तथा वित्तिय संस्थाबारे जानकारी नभएको अर्थमन्त्री खतिवडाको भनाइ छ ।