Feb 24, 2025

कृषि तथा पशुपन्छी बीमा कार्यक्रम सन्दर्भमा समस्या र चुनौति समीक्षा कार्यक्रम सम्पन्न


नेपाल सरकारले कृषि तथा पशुपन्छी बीमा कार्यक्रम शुरु गरेको १ दशक नाघेको छ ।

बीमा कार्यक्रम कार्यान्वयनको नीतिगत तथा कार्यान्वयन सन्दर्भमा विभिन्न प्रकारका अलमलहरु रहदैं आए यसले लाभग्राही कृषक, सेवा प्रदायक एवं सरोकारवालालाई समस्या र चुनौति पनि थप्दै गयाे ।

यस परिवेशलाइ विश्लेषण गर्दै बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन सम्बन्धित सरोकारवालाको भूमिकाको पहिचानको लागि सातै प्रदेशका किसान,  स्थानीय सरकार, प्रदेश सरकारका प्रतिनिधि एवं कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सम्बन्धित विभाग, बीमा प्राधिकरण, बीमा कम्पनीहरू, नागरिक समाजलाई एउटै थलोमा राखी महासंघले राष्ट्रिय समीक्षा कार्यक्रम २०८१ पुस ९ गते सम्पन्न गरेको छ ।

कर्यक्रमबाट आएका सुझाव, विश्लेषण र कार्यदिशालाई समेटेर महासंघले नीतिपत्र निर्माण गरी मन्त्रालयमा पेश गर्ने छ।

यस कार्यक्रम AIN Livelihood group  संगकाे सहकार्यमा गरिएको थियो ।