शेयर कारोबारीहरुले सहजरुपमा अब अनलाईनबाट कारोबार गर्न सक्ने


ईकोनोमिक खबर, काठमाडौं।

नेपाल क्लियरिङ हाउसले सञ्चालन गरेको ‘कनेक्ट आईपीएस’ सेवा लिएका सबै बैंक तथा वित्तिय संस्था मार्फत् भुक्तानी गर्नसक्नेछन, साथै खातावालले शेयर किन्दा एक दिनमा एक पटक १० लाख रुपैयाँसम्म अनलाईन प्रणालीबाट भुक्तानी गर्नसक्ने व्यवस्था मिलाइएको नेपाल स्टक एक्सचेञ्जले आज एक कार्यक्रममा जनाएको छ ।

चालु आर्थिक वर्षको हाल सम्म १० लाख ६ हजार ३ सय ८६ को संख्यामा शेयर कारोबार भएकोमा १ लाख २४ हजार ६ सय १७ कारोबार मात्र अनलाईन प्रयोगकर्ताले गरेका हुन। १० कारोबार दिनमा १० हजार भन्दा बढि संख्या कारोबार भएको छ।