आजको कालिमाटीमा थोकबजार तरकारीको भाउ


ईकोनोमोमिक खबर, काठमाडौं।

आजको कालिमाटी तरकारी थोक बजारमा ठुलो गोलभेंडा ६६ देखि ७० र सानो गोलभेंडा २० देखि २५ रुपैयाँ केजि कायम भएको छ । रातो आलु ३० देखि ३४,, सेतो आलु २५ देखि २७, सुकेको प्याज ३६ देखि ३८ रुपैयाँ केजिमा बिmत्री भइरहेको कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितीले जनाएको छ । गाँजर र घिउसिमी ९५ देखि १ सय, स्थानिय काउली ७० देखि ७५, बोडि, भटमासको कोसा र लौका ५५ देखि ६० रुपैयााँमा बिक्री भइरहेको छ । यस्तै च्याउ कन्ये केजिमा २० रुपैयाँ सस्तो भएर १ सय ५० देखि ६० र डल्लो च्याउ ४ सय ५० देखि ६० रुपैयाँ कायम भएको कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितीले जनाएको छ।