
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले आज (मंसिर २७ गते) देखि हकप्रद निष्कासन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपियाँबराबरको शतप्रतिशतले हुन आउने १ः१ अनुपातमा १०० अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।
हकप्रद प्रयोजनार्थ कम्पनीले कम्पनीले कात्तिक २१ गते एक दिन बुक क्लोज गरिसेकेको छ । अतः कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् ।
हकप्रदमा पुस १७ गतेसम्म आवेदन दिन सकिनेछ ।