संस्थापक सेयरको बिक्री


काठमाडौं । गरिमा विकास बैंकले सर्वसाधारण खरिद गर्न पाउने गरी संस्थापक सेयरको बिक्री खुलाएको छ।

बैंकले संस्थापक सेयरधनीको नाममा रहेको कुल १ लाख ८ हजार ८३०.३२ कित्ता सेयर बिक्रीमा राखेको हो । यो सेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन्।

बैंकले यसअघि नै संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा राखिसकेको छ । तोकिएको समयभित्र उक्त सेयर बिक्री नभएपछि बैंकले सर्वसाधारणका लागि बिक्री खुलाएको हो।