काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो दिन पहिलो खेलमा विराटनगर किंग्समाथि सुदूरपश्चिम रोयल्सले शानदार जित दर्ता गरेको छ ।
टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे सुरु भएको खेलमा विराटनगरविरुद्धको खेलमा सुदूरपश्चिमले शानदार जित निकालेको हो ।
सुदूरपश्चिमले दिएको १८३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगर किंग्सले ९२ मात्रै बनायो । सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गरेको हो । विराटनगरका बसिर अहमदले २४, निकोलस किर्टोनले १५,क्रिस सोलेले १० र अनिल खरेलले १० रन बनाए । अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
विराटनगरविरुद्ध फराकिलो जीत निकाल्ने क्रममा अविनाश बोहोरा र स्कटले तीनरतीन, ब्रान्डन, इशान पाण्डे र सैफ जैबले एकरएक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले कप्तान दीपेन्द्र सिंह ऐरीको आक्रमक ब्याटिङमा १८२ रन बनाएको थियो ।
कप्तान ऐरीले अन्तिम दुई बलमा लगातार छक्का प्रहार गर्दै सानदार फिनिसिङ गरे । सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १८२ रन बनाएको हो । कप्तान दीपेन्द्रसिंह ऐरीले ५७, ब्रान्डनले ३६, बिनोद भण्डारीले २३, इशान पाण्डेले २१, सैफ जैबले १४, स्कटले १० रन बनाए ।
विराटनगरका अनिल खरेलले तीन, क्रिस सोले, इस्मत अलाम र बसिर अहमेदले एकरएक विकेट लिए ।