ईकोनोमिक खबर, काठमाडौं।
काठमाडौं खाल्डोको तिनै जिल्लाका सम्पूर्ण सँस्कृति संरक्षक तथा नेवार समुदायको आज माइतीघरमा स्वतस्फूर्त रूपमा विशाल विरोध सभामा घरघरबाट निस्किएका सर्वसाधारणले साँस्कृतिक चालचलनमा धर्म, सम्पदा र संस्कृति मास्ने विधेयक फिर्ता नभई खारेजी प्रकृयामा जान सरकारलाई चेतावनी दिए।
उनीहरूले गुठी विधेयकमा भएको विभिन्न बुँदाले गुठीयारको हक स्वतः समाप्त हुने व्यवस्था प्रति यस ३ जिल्लाका गुठी पक्षधरहरुको एकैमत छ, विभिन्न नारा अंकित ब्यानर, प्लेकार्ड, आफ्नो संस्कृति झल्कने भेषभूषा र झाँकीसहित प्रदर्शनमा उत्रिएका छन, सर्वसाधारणले गुठी विधेयकको विरोधमा सरकारले एकलौटि रुपमा ऐनकानुन लाद्ने काममा जनताको समर्थन नहने सवक सिकाएको भान हुन्छ, जनसागरको भावनामा मौलिक सँस्कृति जगेर्ना गरौं भन्ने छ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी र आक्रोशित स्थानियवासी जनआन्दोलनको झल्को दिने गरी हजारौं सर्वसाधारण सडकमा उत्रिएका छन्, घाम पानी को प्रवाह नगरी।
केहि दिन अघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले संसदबाट विधेयक फिर्ता लिएकी थिइन्। भने विदेश भ्रमण पश्चात सरकारका प्रधानमन्त्री ओलीले विधेयक फिर्ता लिने जनभावनालाई कदर गर्ने मन्तब्य र मन्त्रीको निर्णयलाई समर्थन गरेका थिए।
देशको सँस्कृतिलाई मास्न अहिलेको सरकारले विदेशीको ईशारामा यो विधेयक ल्याएको जनताहरुको भनाई रहेको छ।
जनभावनाको भिडियो रिर्पोट जस्ताको तस्तै सुनौ।