लैङ्गिक हिंसा विरुद्ध जलवायु तथा दिगो स्रोत व्यवस्थापन सम्बन्धी चुरे उत्थानशील आयोजनाको रचनात्मक प्रतियोगिता 


लैङ्गिक हिंसा विरुद्ध जलवायु तथा दिगो स्रोत व्यवस्थापन सम्बन्धी गतिविधिहरुले गरेको योगदान सम्बन्धी कुनै पनि रचना पठाउन आह्वान
काठमाडौं,  चुरे उत्थानशील आयोजनाले रचनात्मक प्रतियोगिताको शुरूवात गर्दै लैङ्गिक हिंसा विरुद् जलवायु तथा दिगो स्रोत व्यवस्थापन सम्बन्धी गतिविधिहरुले गरेको योगदान सम्बन्धी कुनैपनि रचना पठाउन आह्वान गरेको छ। 

प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्यापी रूपमा मनाइने लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानका सन्दर्भमा यो प्रतियोगिताको आयोजना गरिएको हो। BRCRN-FAO-1731909748.jpg

प्रतियोगितामा सहभागी हुनका लागि चुरे उत्थानशील आयोजनासँग सम्बन्धित कुनै पनि व्यक्तिले निर्दिष्ट विषयमा आधारित रहेर गीत, कविता, कथा, चित्र, फोटो, वा भिडियो पठाउन सकिनेछ। 

चुरे उत्थानशील आयोजनाले सन् २०२० देखि कोशी, मधेस र बागमती प्रदेशका ११ जिल्ला – झापा, इलाम, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली यी जिल्लाहरुमा आयोजनाले काम गरिरहेका नदी प्रणाली अन्तर्गतका कुनै पनि व्यक्तिले आफ्नो रचना पठाउन सक्नुहुनेछ। 

रचना २४ नोभेम्बर, २०२४ सम्ममा [email protected] इमेल ठेगानामा पठाउनुपर्नेछ।

ूमहिलाहरु तथा बालिकाहरुमाथि जलवायु परिवर्तनले चरम प्रभाव पार्ने गरेको छ। समुदायमा हुने लैङ्गिक हिंसा जलवायु परिवर्तनको कारक र प्रभाव दुवै हो। जलवायु उत्थानशील दिगो प्राकृतिक श्रोत व्यवस्थापनमा महिलाहरु तथा बालिकाहरुको अर्थपूर्ण सहभागिता चुरे उत्थानशील आयोजनाले सुनिश्चित गर्दछ। त्यसर्थ जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न र महिला र बालिकाहरुको प्रभावकारी सहभागिता सुनिश्चित गर्नका लागि लैङ्गिक हिंसालाई सम्बोधन गर्नु महत्त्वपूर्ण छ।

चुरे उत्थानशील आयोजनाले यो १६ दिने अभियानलाई जलवायु उत्थानशील समुदाय निर्माणका लागि लैङ्गिक हिंसाको अन्त्य गर्न समुदायहरूलाई आह्वान गर्ने अवसरको रूपमा लिएको छ,ू आयोजनाकी लैङ्गिकता तथा आदिवासी जनजाति सम्बन्धी विज्ञ सुशीला कुमारी थापामगर भन्छिन्। 

प्राप्त रचनाहरू मध्ये निर्णायक मण्डलले १६ वटा रचना छान्नेछन्, जुन नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म प्रत्येक दिन एक एक वटा रचना चुरे उत्थानशील आयोजनाको सामाजिक सञ्जालमा प्रकाशित गरिनेछन्।

ती मध्ये पाँचवटा रचना पुरस्कृत गरिनेछन्।