काठमाडौँ – आज सुनचाँदीको भाउमा गिरावट आएको छ । ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँ घटेको हो ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ रहेकोमा आइतबार घटेर १ लाख ६० हजार रुपैयाँ कायम भएको छ ।
आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेको छ । यसअघि प्रतितोला १ हजार ९ सय १० रुपैयाँ रहेकोमा आज घटेर १ हजार ९ सय ५ रुपैयाँ तोकिएको छ ।