Youth Innovation hub” र Youth 2 End TB Initiative


काठमाडौं। नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय स्थित जुनियर तथा युवा विभागमा मानवीय नवप्रवर्तन र युवा सहभागिता विषयक विशेष बैठक तथा छलफल सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषिरमण खनालको सभापतित्वमा भएको बैठकमा IFRC नेपालका प्रमुख डेभिड फिसर, तदर्थ समितिका सदस्यहरू पुष्पा दास, अबिस्मी न्यौपाने, स्वास्थ्य विभाग, जुनियर तथा युवा विभागका प्रतिनिधि साथै निम्याट नेपालका कार्यकारी निर्देशक मधुसुन काफ्लेलगायतको सहभागिता रहेको थियो ।
छलफल विशेष गरी “Youth Innovation hub” र Youth2EndTB Initiative को रणनीतिक कार्यान्वयन र विस्तारमा केन्द्रित थियो । यो पहल नेपाल रेडक्रस सोसाइटी र निम्याट ग्लोबलको संयुक्त आयोजना तथा IFRC नेपालको सहयोगमा सञ्चालन हुदैछ ।
बैठकले जुनियर र युवा रेडक्रस नेटवर्कलाई रूपान्तरण गर्ने सामूहिक प्रतिबद्धतालाई अगाडि बढाउदै ‘स्थानीय समस्या=स्थानीय समाधान’ (LPLS) ढाँचा मार्फत, युवाहरूलाई परम्परागत स्वयंसेवकको भूमिकाबाट माथि उठाएर समुदायस्तरका दिगो सामाजिक समाधानका सर्जक (architects of community resilience) को रूपमा स्थापित गर्ने लक्ष्य रहेको छ ।