कागजात प्रमाणीकरण (Consular Attestation) सेवाका लागि अब अनलाइन आवेदन दिन सकिने भएको छ।
विभागले साउन २७ गतेदेखि (१२ अगस्ट २०२६) Nepal e-Attestation System (NEATS) सञ्चालनमा ल्याउँदै कागजात प्रमाणीकरणका लागि अनलाइन आवेदन गर्ने व्यवस्था गरेको हो।
यससँगै सेवाग्राहीले कागजात प्रमाणीकरणका लागि आवश्यक प्रक्रिया अनलाइनमार्फत अघि बढाउन सक्नेछन्। नयाँ प्रणालीले कन्सुलर प्रमाणीकरण सेवामा सेवाग्राहीको पहुँच सहज बनाउनुका साथै समय र प्रक्रियागत झन्झट कम गर्ने अपेक्षा गरिएको छ।
कागजात प्रमाणीकरणका लागि अनलाइन आवेदन दिन सेवाग्राहीले विभागको Nepal e-Attestation System (NEATS) मा गई आवश्यक विवरण तथा कागजात पेस गर्न सक्नेछन्।
अनलाइन आवेदन:
https://doc.nepalconsular.gov.np/
विभागले सेवाग्राहीलाई कागजात प्रमाणीकरणसम्बन्धी सेवा लिन अनलाइन प्रणालीको प्रयोग गर्न आग्रह गरेको छ।
