१३ वटै उपसूचकमा हरियाली


काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६.६९ अकंले बढेर २६९२.०५ बिन्दुमा बन्द भएको छ । आज ३१९ कम्पनीको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १२ करोेड ८२ लाख ६४ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

मंगलबार १३ वटै उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको १.६० प्रतिशत, विकास बैंक समूहको २.३२ प्रतिशत, फाइनान्स समूहको ०.३८ प्रतिशत, होटल तथा पर्यटन समूहको २.७७ प्रतिशतले शेयर मूल्य बढेको  छ । 

आज २२१ कम्पनीको शेयर मूल्य बढ्दा १७ कम्पनीको मात्र घटेको छ । आज ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

आज सबैभनदा धेरै समृद्धि फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।