नेपाली दर्शकको अपार साथ, रेफ्रिका विवादित निर्णयका विच पेनाल्टी शूट आउटमा भारत माथि ४-२ को रोमाञ्चक जित निकाल्दै महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाली टोलीले प्रवेश गरेको छ।
दोस्रो हाफको पाँच मिनेटपछि १० जना खेलाडीमा सीमित भएको नेपाली टोलीले विवादका कारण ७३ मिनेटपछि रोकिएको खेल सुरु भएको एक मिनेटमै भारतलाई गोल फर्काएको थियो।
प्रिती राईको पासमा साबित्रा भण्डारीले नेपालका लागि सुन्दर गोल गरेर खेललाई बराबरीमा ल्याइपुर्याएकी थिइन्। त्यसअघि भारतले ७२ मिनेटमा पहिलो गोल गरेर अग्रता लिएको थियो।
निर्धारित समयको खेल १-१ को बराबरीमा रोकिएपछि खेल सिधै पेनाल्टी शूट आउटमा पुगेको थियो।
भारतको पहिलो प्रहार पोस्टमा लागेर फर्केको थियो भने गोलकिपर अञ्जना राना मगरले चानु सोरो खैबाङको प्रहार रोकेकी थिइन्।
पेनाल्टीमा भारतकी असलता देवीको प्रहार पनि असफल भएपछि नेपालले दुई गोलको अग्रता लियो।
पेनाल्टीमा सावित्रा भण्डारी, गीता राना, सविता राना मगरले गोल गरे। नेपालले दुई गोलको अग्रता लिइसकेका कारण भारतले पाँचौँ पेनाल्टी प्रहार गर्नु परेन।
नेपालको जितमा उत्कृष्ट योगदान गरेकी साम्बा प्लेअर अफ द म्याच भइन्।
अब बुधबार फाईनल खेल बंगलादेश र नेपाल विच रंगशालामा हुनेछ ।