-1728315069.jpeg)
काठमाण्डौं। नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्धारा बाढि पहिरो, प्राकृतिक विपत्तिमा पर्न गएका व्यक्ति तथा परिवारजनको लागी निम्न वमोजिमका खाद्यान्न सामग्रीहरु सहयोग स्वरुप मन्त्रालयमा हस्तान्तरण गरीएको छ ।
संघले तिनसय बोरा चामल, सय व्याग चिउरा, ४० व्याग मसुर दाल, र विस कार्टुन तोरीको तेल सहयोग स्वरुप उपलव्ध गराएको छ ।
उक्त सहयोग सामग्रीहरु उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री तथा माननिय दामोदर भण्डारीज्यू लाई संघका अध्यक्ष विकास दुगड तथा प्रतिनिधीमण्डलले हस्तान्तरण गरीएको थियो ।
उक्त सहयोगले प्राकृतिक विपत्तिमा पर्न गएका व्यक्ति तथा परिवारजनमा केहि भएपनि राहत प्राप्त हुने विश्वास यस संघले लिएको छ ।