साना किसान विकास लघुवित्तको २५औँ वार्षिकोत्सव सम्पन्न, ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा योगदान बढाउने प्रतिबद्धता


काठमाडौँ। साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।

संस्थाका अध्यक्ष खेमबहादुर पाठकको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय याेजना अायाेगका उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक गुणाकर भट्ट प्रमुख अतिथिका रूपमा सहभागी भई ग्रामीण अर्थतन्त्रको सुदृढीकरणमा साना किसानको भूमिकाबारे धारणा राख्नुभयो।