एडीबी अध्यक्षको नेपाल भ्रमण: नयाँ सरकारको आर्थिक कूटनीतिमा पहिलो अन्तर्राष्ट्रिय परीक्षण


काठमाडौं। एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाको दुईदिने नेपाल भ्रमणलाई केवल औपचारिक शिष्टाचार भ्रमणका रूपमा मात्र हेरिएको छैन। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारसँग हुने उनको भेटलाई नेपालको विकास साझेदारी, पूर्वाधार लगानी र आर्थिक कूटनीतिको दिशाबारे पहिलो अन्तर्राष्ट्रिय संकेतका रूपमा विश्लेषण गर्न थालिएको छ।