काठमाडौँ, बडादसैँलाई लक्षित गरेर निजी व्यवसायीले खसीबोका र च्याङ्ग्रा उपत्यका भित्र्याउन थालेका छन् ।
दुईसय च्याङ्ग्रा मुुस्ताङबाट आइपुगेको र अन्य जिल्लाहरुबाट खसिबोका आएको चौपाया खरिदबिक्री सङ्घले जनाएको छ। सङ्घका अध्यक्ष जनक खड्काले बडादसैँलाई लक्षित गरेर खसीबोका र च्याङ्ग्र भित्रिन थालेको जानकारी दिनुभयो ।
बडादसैँमा असी प्रतिशत उपत्यकामा खसीबोकाको खपत हुनेगर्छ । जसले गर्दा व्यवसायीले गाउँगाउँबाट खसीबोका खरिदगरी घटस्थापनाको दिनदेखि उपत्यका ल्याएर बिक्री शुरु गर्न लागेका छन् । अहिलेको बदलिदो मौषम र सबै क्षेत्रमा बाढीपहिरोका कारणले गर्दा यातायात अवरुद्ध हुुँदा खसीबोका ल्याउन कठिन भएको खड्काले जानकारी दिनुुभयो । तीन÷चार दिन बाटो अवरुद्ध हुुँदा खसीबोका आएका थिएनन्, अब सडक खुल्ला भएसँगै खसीबोका उपत्यकामा भित्रिने क्रम अत्याधिक रहेको खड्काले जानकारी दिनुुभयो ।
मौसम अनुकूल भए बजार माग अनुसार बजारमा खसीबोका भित्रिने उहाँले जानकारी दिनुुभयो । यसपालि दसैँमा बायिस हजार खसीबोका र पाँच हजार च्याङ्ग्रा ल्याउने तयारी गरिएको उहाँले जानकारी दिनुुभयो । हाल बजारमा जिउँदो खसीबोका सात सय ३० देखि सात सय ४० रुपैयाँ र च्याङ्ग्राको मूूल्य एक हजार २५० रुपैयाँ रहेको छ ।अविरल वर्षाका कारण बाटो अवरुद्ध हुँदा उपत्यकामा खसीबोका नआउँदा मूल्य महँगो पर्न गएको उहाँको भनाइ छ । बजारमा खसीबोका नियमित रूपमा आउन थालेपछि मूूल्य घट्ने उहाँको दाबी छ ।
निजी व्यवसायीले धादिङ, चितवन, दाङ, सल्यान, रुकुुम, रोल्पा, कैलाली, कञ्चनपुुरलगायतका जिल्लाबाट खसीबोका खरिद गरी उपत्यकामा ल्याएर खसीबजारमा बिक्री गर्छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी शनिबारदेखि खसीबोका ल्याएर बिक्री गर्ने तयारीः
यसैबिच खाद्य व्यवस्था तथा व्यापार कम्पनी, बागमती प्रदेश कार्यालयले आगामी शनिबारदेखि खसीबोका ल्याएर बिक्री गर्ने तयारी गरेको छ । विगतका वर्षहरुमा दशैँको पहिलो दिन घटस्थापनाको दिनदेखि ल्याउने गरेकोमा यसबर्ष बाढीपहिरोका कारण बाटो अवरुद्ध हुँदा खसीबोका आउन ढिलार्इ भएको कम्पनीले जनाएको छ । कम्पनी यस बर्षको लागी करिब एक हजार पाँच सय खसीबोका र तीन सय च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने तयारी गरेको थापाथली स्थित बागमती प्रदेश कार्यालयका प्रमुखले जानकारी दिनुभएको छ ।
बडादसैँमा बजार मूल्य नियन्त्रण गरी उपभोक्तालाई सहुुलियत दरमा खसीबोका उपलब्ध गराउन कम्पनीले खसीबोका बिक्री गर्दै आएको छ ।
हेटौँडा र तुुलसीपुुरबाट खसीबोका र मुुस्ताङबाट च्याङ्ग्रा ल्याउने तयारी गरेको कम्पनीले जनाएको छ ।