काठमाडौं। जुन महिनालाई स्कोलियोसिस जनचेतना महिनाका रुपमा मनार्ईँदै आएको छ । मेरुदण्ड बाङ्गो हुने समस्यालाई स्कोलियोसिस भनिन्छ । सामान्यता मेरुदण्ड पछाडिबाट हेर्दा सिधा देखिन्छ । साइडबाट हेरियो भने एस आकारको हुन्छ । मेरुदण्डको माथिको घाँटीको भागमा सातवटा हड्डी हुन्छ, छातीको भागमा १२ वटा हड्डी हुन्छ, कम्मरको भागमा पाँचवटा हड्डी हुन्छ भने तल्लो बस्ने भागमा पाँचवटा हड्डी जोडिएर एउटै ढिक्काका रुपमा रहेको हुन्छ।
यो समस्या धेरैजसो साना बालबालिकामा देखिन्छ । यो जन्मजात पनि हुनसक्छ । जन्मजात बाहेक नसासम्बन्धी समस्याको कारण पनि देखिन्छ । यो समस्या हामीले बढी मात्रामा १० देखि २० वर्षसम्मका बालबालिकामा देखिने गरेको पाइन्छ । जसलाई ‘इडियोप्याथिक एडोलेसेन्ट’ स्कोलियोसिस भनिन्छ । ‘इडियोप्याथिक’ भन्नाले अहिलेसम्म ठेट कारण पत्ता लागि नसकेको भन्ने बुझिन्छ भने ‘एडोलोसेन्ट’ भनेको १० वर्ष पूरा भएका बालबालिकालाई भनिन्छ।
पोलियो भएको, दिमागमा अक्सिजनको मात्रा कम भएर एकातिरको भाग कमजोर हुने र अर्कोतिरको भाग कडा हुने अवस्थालाई ‘प्यारालाइटिक स्कोलियोसिस’ भनिन्छ । साथै कतिपय बाङ्गोपन विभिन्न सिन्ड्रोमसँग जोडिएर पनि आएको हुन्छ ।
“यसको अनुपात छोराको तुलनामा छोरीहरूमा बढी मात्रामा देखिन्छ। एक जना छोरा बराबर सात जना छोरीमा यस्तो समस्या देखिन्छ।”
सिधा छ, लुगा लगाएको पनि चट्ट मिलेको छ । तर उसको ढाड बाङ्गो छ, लुगा लगाएको पनि नमिलेको हुँदा उनीहरू निराश हुन सक्छन्।
हिजोआज स्कुल ब्याग एकदमै धेरै भारी हुने र त्यही कारणले पो बच्चामा मेरुदण्ड बाङ्गो हुने समस्या निम्तियो कि भन्ने प्रश्न पनि धेरै अभिभावकको हुन्छ। तर स्कोलियोसिसको कारण के हो भन्ने कुरा अहिलेसम्म अनुसन्धानकै क्रममा छ । नेपाल सहित धेरै देशमा यो समस्या देखिएको छ ।
सिधा छ, लुगा लगाएको पनि चट्ट मिलेको छ । तर उसको ढाड बाङ्गो छ, लुगा लगाएको पनि नमिलेको हुँदा उनीहरू निराश हुन सक्छन् ।
हिजोआज स्कुल ब्याग एकदमै धेरै भारी हुने र त्यही कारणले पो बच्चामा मेरुदण्ड बाङ्गो हुने समस्या निम्तियो कि भन्ने प्रश्न पनि धेरै अभिभावकको हुन्छ । तर स्कोलियोसिसको कारण के हो भन्ने कुरा अहिलेसम्म अनुसन्धानकै क्रममा छ । नेपाल सहित धेरै देशमा यो समस्या देखिएको छ ।
सिधा छ, लुगा लगाएको पनि चट्ट मिलेको छ । तर उसको ढाड बाङ्गो छ, लुगा लगाएको पनि नमिलेको हुँदा उनीहरू निराश हुन सक्छन् ।
हिजोआज स्कुल ब्याग एकदमै धेरै भारी हुने र त्यही कारणले पो बच्चामा मेरुदण्ड बाङ्गो हुने समस्या निम्तियो कि भन्ने प्रश्न पनि धेरै अभिभावकको हुन्छ।
– डा विनोद बिजुक्छे (सर्जन)
मेडिकल डाइरेक्टर एवम् अर्थोपेडिक तथा स्पाइन,
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल