
काठमाडौँ । नागढुङ्गा नौबिसे सडकखण्डको सुरुङमार्ग नजिकै लेदो सहितको बाढी गएको छ । शुक्रबार दिउँसो गएको बाढीले सडक दुई तर्फी नै अवरुद्ध भएको छ ।
खानीखोला प्रहरीका अनुसार बाढीले सडक धेरै माथिसम्म ढाकेको छ । निरन्तर वर्षा भइरहेका कारण बाढी जाने क्रम जारी रहेको हुँदा तत्काल बाटो खुलाउन सकिने सम्भावना नभएको प्रहरीले जनाएको छ ।
सो क्षेत्रमा थुप्रिएको गेग्रान हटाउन सुरक्षाकर्मी र २ डोजर प्रयासरत छन् ।