“स्काईवर्थ सपना साकार” अफरको पहिलो साप्ताहिक भाग्यशाली विजेता घोषणा


काठमाडौँ, केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रालिले यस चाडपर्वको अवसरलाई अझ रोमाञ्चक बनाउन “स्काइवर्थ सपना साकार” दशैं तिहारको बहार बम्परमा कार उपहार अफर ल्याएको छ। यस अफर अन्तर्गत स्मार्ट एप्लाएन्सेसले लक्की ड्र मार्फत पहिलो साप्ताहिक भाग्यशाली विजेतालाई उपहार प्रदान गरेको छ। 

काठमाडौँको स्काईवर्थ सोरुमबाट सामान खरिद गर्नु भएका सन्देश अधिकारीलाई साप्ताहिक लक्की ड्र मार्फत स्मार्ट एप्लाएन्ससले माइक्रोवेभ उपहार प्रदान गरेको छ। 

साथै बम्पर पुरस्कारमा एकजना भाग्यशाली ग्राहकले एमजीकमेट ईभी कार जित्न सक्नुहुनेछ। साथै, ग्राहकहरूले स्काईवर्थका बिभिन्न उत्पादनहरूमा चालिस प्रतिशत सम्मको छुट लिन सक्नुहुनेछ। स्काईवर्थ नेपालले नेपाली बजारमा टेलिभिजन, फ्रिज, वाशिंग मेसिन, एयर कन्डिसनर जस्ता उच्च गुणस्तरीय, अत्याधुनिक प्रविधि सहितका होम एप्लायन्सेसहरू उपलब्ध गराउँछ। उच्च गुणस्तर र अत्याधुनिक प्रविधिका लागि परिचित स्काईवर्थ उत्पादनहरूले नेपालभरका उपभोक्ताहरूका विश्वास जित्न सफल भएका छन्।
यो योजना कार्तिक ३०, २०८१ सम्म लागु हुनेछ।