सुनिता निम्हाफुके नेपाल उद्योग वाणिज्य महासङ्घ (FNCCI) को कार्यकारिणी सदस्यमा निर्वाचित


काठमाडौं । सुनिता निम्हाफुके नेपाल उद्योग वाणिज्य महासङ्घ (FNCCI) को कार्यकारिणी सदस्यमा निर्वाचित भई आज पदभार ग्रहण गर्नुभएको छ।

पदभार ग्रहणपछि उहाँले कृषि र उद्योगबीचको बलियो सहकार्यमार्फत उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा आर्थिक समृद्धिमा निजी क्षेत्रले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभयो।

उहाँले कृषि र उद्योग क्षेत्रबीचको समन्वयलाई सुदृढ गर्दै उत्पादन र बजार व्यवस्थापनमा निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो।

प्राप्त जिम्मेवारीलाई इमानदार, सक्रिय र परिणाममुखी ढङ्गले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै निम्हाफुकेले निजी क्षेत्रको हित, उद्यमशीलता प्रवर्द्धन तथा आर्थिक विकासका सवालमा आफू निरन्तर क्रियाशील रहने बताउनुभयो।