
मिस युनिभर्स नेपाल २०२४ मा अतिथिको रुपमा मिस युनिभर्स २०२३ शेनिस पालासियोस नेपाल आएकी हुन्।
मिस युनिभर्स पालासिओसले आफ्नो भ्रमणको क्रममा सांस्कृतिक आदानप्रदान, प्रमुख सरोकारवालाहरूसँग भेटघाट र प्रतिष्ठित पर्यटक गन्तव्यहरूको भ्रमण लगायत कार्यक्रमहरूमा सहभागी हुने आयोजकले जानकारी दिएको छ ।
मिस युनिभर्स नेपाल २०२४ को ग्राण्ड फिनाले सेप्टेम्बर ७ मा हुने तय भएको छ ।