लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड नियुक्त


काठमाडौं, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड नियुक्त गरेको छ।

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२,५०,००० कित्ता साधारण शेयरहरु रु.२२,५०,००,०००/– रकम बराबरको कूल  प्रति शेयर अंकित मूल्य रु.१००/– दरमा सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि मिति २०८१ भाद्र ९ गते धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न श्री एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु जीवन बीमा सेवा पु-याउने लक्ष्य लिई यस लिबर्टी माइक्रो लाईफ इन्स्योरेन्स कम्पनी लि. मिति २०८०/०५/०१ मा लघु जीवन बीमकको इजाजत पत्र प्राप्त गरी मिति २०८०/०९/०६ गते देखि औपचारिक रुपमा लघु जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आईरहेको छ।

उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  राम कुमार यादव र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्रले हस्ताक्षर गरेकाछन।