मुल्य अभिबृद्धी करकै कारण अब आंटाको मूल्यमा बृद्धि


ईकोनोमिक खबर,काठमाडौं।
दैनिक जिवनमा अति प्रयोगजन्य खाद्यबस्तु गहुँको पिठो वा (आटा) लाई लिईन्छ। यसै बर्ष देखि सरकारले मैदामिलमा मूल्य अभिबृद्धि कर लगाउने ब्यवस्था गरेको छ। आ.ब.०७६/०७७ देखि मूल्य अभिबृद्धि कर लगाएकोले अरबौंको लगानी रहेको लगभग ३८ वटा स्वदेशी मैदामिलहरु जोखिममा पर्ने नेपाल मैदा उद्योग संघले जानकारी गराए।

भारतबाट बैद्य वा अबैद्य तवरबाट आउने मैदा/आंटा संग अब नेपालका मैदामिलहरुले प्रतिस्पर्धा गर्नसक्ने अवस्थानै छैन । स्वदेशमै आत्मनिर्भर भईसकेको आंटा जस्तो खाद्य बस्तुमा यसरी करको भार थपि दिदा बैध वा अबैध आयातले प्रोत्साहन पाउने निश्चित छ, आजको विज्ञप्ति मार्फत् जानकारी गराएका छन।

सरकारले देश अब खाद्यान्नमा आत्मनिर्भर हुने घोषणा गरेपनि ब्यवहारमा नदेखिएको कारण स्वदेशी उद्योगले अब थप चुनौतिको सामना गर्नुपर्ने हुँदा नेपालका मैदा उद्यमीहरु निरुत्साहित बनेकाछन् । सरकारी नीतिका कारण अबका केही बर्षमा खाद्य उद्योगहरु धमाधम बन्द गर्नुको बिकल्प छैन् । करोडौको लगानी गरेर उद्योग स्थापनामा जोखिम लिनु भन्दा अन्य ब्यापारले प्रोत्साहन पाउने भएको छ। जसले गर्दा भोलिका दिनमा नेपाल पूर्णरुपमा कृषि खाद्यबस्तु आयात देश बन्ने निश्चित छ।

सर्वसाधारण र न्यून आयस्तर भएका मानिसले समेत दैनिक खाद्यान्नको रुपमा खाने आंटा जस्तो सम्वेदनशिल खाद्यबस्तुमा मू. अ. कर लागेको छ। यो करको भार उद्यमीमा मात्र नभएर उपभोक्तामा समेत पर्ने हुँदा बेलैमा आवश्यक सहयोग गरीदिन यस संघ नेपाल सरकार समक्ष बिनम्र अनुरोध गर्दछ। मुल्य अभिबृद्धी करकै कारण अब आंटाको मूल्य लगभग प्रति के.जी. ५ देखी ६ रुपैयाँ बढने हुंदा आम उपभोक्तामा जानकारी गराए ।