काठमाडौं, सिन्धुलीको भताही खोलाको किनारमा फलामको ग्याबियन तारभित्र ढुङ्गा हाल्नेकाम उत्साहपूर्वक गरिरहेकी छिन्, पदम कुमारी मगर । सुख्खा याममा यो खोला’मा ढुंगा र बालुवा मात्र हुन्छन्। त्यसको छेउमा तटबन्ध लगाउन करिब दुई दर्जन मानिस सक्रिय छन्।
हरेक वर्ष, वर्षामा यो खोलामा बाढी आउँछ र नजिकैको क्षेत्रहरूमा पस्छ । मेरो खेत यो खोलाको एकापट्टि छ, मेरी दिदीको खेत अर्को पट्टि छ । हरेक वर्ष
बाढीलेती खेत बगाउँछ । तपाईंलेहामीलाई तार जाली पनि दिनुभो, काम गर्नेमौका पनि दिनुभो । हामीले तटबन्ध पनि पायौँ, काम पनि पायौँ, त्यसैलेहामी खुशी
छौँ। अब खेत जोगिएका छन्र खान पाइएला भनेर धेरैआस लागेको छ, मगर भन्छिन्।
पदम कुमार मगर कृषक हुन्, र श्रीमान्, दुई छोरा र एक छोरी सहितको पाँच जनाको उनको परिवारको जीविकोपार्जनको मुख्य स्रोत खेती हो । हाल खोला
किनारको एक छेउमा रहेको उनको खेतमा मकै छन्, र उनी अरूबेला धान र दाल पनि रोप्छिन्। हरेक वर्ष, उनी र उनको परिवार बाढीले खेतबारीको सबैउत्पादन
लैजाला र खानको लागि केही बाँकी नछोड्ला भनेर डराउँछन्।
पोहोर साल मेरी दिदीको खेतमा बाढी पसेर खेतै लगेको थियो । मेरो भाञ्जालेबाँध बनाएर खेत जोगाउन निकै मिहिनेत गरेको थिए तर केही काम लागेन ।
त्यसैले अब चुरेउत्थानशील आयोजनाको सहयोगमा बनेको यो तटबन्धलेकाम गर्छ भन्नेआशा राखेका छौं । यसलेहामीलाई हाम्रो खेतीबाट जीविकोपार्जन गर्न मद्दत
गर्नेछ, उनी भन्छिन्।
चुरेक्षेत्रमा बसोबास गर्नेमानिसहरूको जलवायु उत्थानशीलतामा सुधार गर्ने उद्देश्यले चुरेउत्थानशील आयोजनाले नदी किनारा स्थिरीकरण संरचनाहरू निर्माण गरिरहेको छ । हालसम्म आयोजनाले कोशी, मधेस र वाग्मती प्रदेशमा ९६ वटा तटबन्धहरू निर्माण गरिसकेको छ, जसबाट ४० हजार भन्दा बढि मानिसलाई फाइदा पुगेको छ ।
यी तटबन्धहरू प्रायः खहरेखोलाको छेउमा बनाइन्छन्, जुन सुख्खा याममा ढुङ्गा, गिट्टी र बालुवाले भरिएका हुन्छन्। वर्षामा एक्कासी पानी परेसँगैयी खोलामा
बाढी आउँछ । हिमालमा उत्पन्न भएर वर्षैभरी बग्ने नदी जस्तो नभएर यी खहरे खोला अप्रत्याशित हुन्छन्, यिनीहरूको मार्ग र मात्रा प्रत्येक वर्ष फरक हुन्छ ।
वर्षामा प्रायः यिनीहरूले बाटो बदलेर, कटान गरेर नजिकैका घर, बस्ती, संरचना र खेतहरू नष्ट गर्छन्।
सिन्धुलीको सिस्ने खहरे खोला त्यसको एउटा उदाहरण हो । खरको छानो भएका माटोका घरको एउटा आदिवासी जनजाती बाहुल्य भएको बस्तीको बीचबाट
सिस्ने खहरे बग्छ ।
विगतमा, यो खोलाले धेरै घरपरिवारलाई विस्थापित गरेको थियो, जसमध्ये केही बसाइँ सरेर गाउँको पुछारमा गए भने केहीले बस्ती पूरै छोडेर
तराई गए । यस वर्ष, चुरे उत्थानशील आयोजनाले खोलाको छेउमा तटबन्ध निर्माण गर्न मद्दत गरेको छ, जसले ३० घरलाई सुरक्षित गरेको छ । यहाँका
बासिन्दा प्रेमबहादुर ठोकरले भविष्यमा बसाइँ सर्नुनपर्ने आशा राखेका छन्।
विगतमा खोलामा बाढी आउँदा हामी राती सुत्दैन थियौं । हामी रातभरी किनारमा गस्ती गर्थ्यौं, टर्चलाइट बालेर, ठोकर भन्छन्। तर यो तटबन्धले हामीलाई
राहत दिएको छ । यो वर्ष चाहिँ सुत्न पाइएला कि ।
चुरे उत्थानशील आयोजनाले प्रायः अति जोखिममा परेका समुदायहरूलाई बाढी लगायत जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरूबाट जोगाउन काम गर्छ। तीमध्ये एक हुन्, सिस्नेखहरेको किनारमा बस्ने दिलमाया वाइबा । उनी आफ्नो थोरैजमिनमा खेती गरेर, अरूको खेतमा ज्याला मजदुरी गरेर, र बाख्रा पालेर जीविकोपार्जनगर्छिन्। यिनै क्रियाकलापबाट उनले छोरा छोरी र आफू सँगै बस्नेअपाङ्गता भएकी दिदीको लालन पालन पनि गर्छिन्। हरेक वर्ष वर्षामा बाढीले खोलाको किनार भत्काएर घरमा छिर्ने डर उनलाई हुन्छ ।
यस वर्ष, हामीले धेरै स्रोतहरूबाट रकम उठाएर यो तटबन्ध निर्माण गरेका छौं । चुरे उत्थानशील आयोजनाले हामीलाई यस तटबन्धको एउटा खण्ड बनाउन मद्दत गर्यो, जसले पक्कैपनि हाम्रा घरहरू ध्वस्त हुनबाट जोगाउनेछ, उनी भन्छिन्।महिलाले यो पर्खाल बनाए । महिला र पुरुष मिलेर यसमा योगदान गरे।
कत्ति राम्रो, हैन त !! उनी सोध्छिन्।