क्यानाडामा क्रियाशील सामाजिक सस्था, हेल्पिङ्ग ह्यान्ड्स वीदाउट बोर्डरले गत अगस्त १८ मा क्यानाडाको नियग्रा फल्समा एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्यो।
मानविय सहायतामा बिश्वब्यापी नेपाली डायस्पोराको योगदान, चुनौती र अवसर शिर्षकमा आयोजित सो कार्यक्रम बिश्व मानबिय सहायता दिबस २०२४ को अवसर पारेर आयोजना गरिएको थियो।
समय समयमा नेपालमा आइपर्ने प्राकृतिक बिपत्ति अनि मानविय संकटमा बिश्वभर छरिएर रहेका नेपाली समुदायको सहयोग, सहभागिता अनि सेवाभाव कसरी प्रभाबकारी बनाउन सकिन्छ, त्यसका निम्ति चुनौतिहरु के के रहेका छन् लगायतका बिषयहरुमा सो अन्तरक्रिया कार्यक्रममा गहन रुपले छलफल गरिएको थियो।
क्यानाडा स्थित नेपाली राजदुत भरतराज पौडेलको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा मानवीय सहायता विज्ञ कृष्ण के.सी. र नवराज गुरुङले कार्यपत्रद्वारा सम्बद्ध बिषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो। सहभागीहरु बीच गहन रुपमा अध्ययन गरि प्रस्तुत गरिएको कार्यपत्रको मर्म, भावना अनि गन्तब्यप्रति मिहिन अन्तरक्रिया भएको थियो।
कार्यपत्र अनि छलफलको निचोड बुझ्दै राजदुत पौडेलले भन्नुभयो ( बिश्वब्यापीरुपमा संगठित अनि बिकसित हुदै गएको नेपाली डायस्पोरा समाजले आफ्नो रास्ट्रलाई केन्द्र भागमा राखेर आयोजना गर्ने यस्ता कार्यक्रमहरुमा नेपाल सरकार सधै साथमा रहने हुदा यस निचोडलाई पनि छिट्टै राज्य संयत्रमा बुझाउने बताउनु भयो।
कार्यक्रममा सिटी अफ नायाग्राका काउन्सिलर भिक्टर पाईट्रयान्गेलो, त्यस क्षेत्रका साम्सद वाईनी गेट्स, लगायत केही विदेशीहरुको समेत सहभागिता थियो। कार्यक्रममा गुल्फ र वेलिंग्टनको परिवार तथा बालबालिका सेवाका कार्यकारी निर्देशक डारिया एलन इब्रोन र सेवा निर्देशक शिया दहुजाले पनि आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा एन आर एन ए क्यानाडाका उप सभापति किरोज श्रेष्ठ, नायग्रा रिजनका नेपाली प्रतिनिधि दिपेश पोख्रेल लगायतले बिषयगत धारणा राख्नु भएको थियो।
आयोजक सँस्था हेल्पिङ्ग ह्यान्ड्स वीदाउट बोर्डरका बोर्ड अफ डाईरेक्टर दिनेश सिंह मल्लले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो भने सो कार्यक्रममा आयोजक सस्थाका अर्का बोर्ड अफ डाईरेक्टर सुमन ढकालले स्वागत मन्तब्य राख्नु भएको थियो।
आयोजक सँस्था कै अर्का बोर्ड अफ डाईरेक्टर निरुपमा शर्माले उद्घोषण गर्नु भएको सो कार्यक्रममा अतिथिहरुलाइ धन्यबाद ब्यक्त गर्नु भएको थियो। आयोजक सस्था कै तर्फबाट बोर्ड अफ डाईरेक्टर विजय लम्साल र हेल्पिङ ह्यान्ड्स विदाउट बोर्डर क्यानडाका अध्यक्ष राजन छात्कुलीले संस्थाको उद्देश्य, प्रगति र उपलब्धिका विषयमा प्रस्तुत गरेका थिए ।
हेल्पिङ्ग ह्यान्ड्स वीदाउट बोर्डरका अध्यक्ष राजनश्री छत्कुल्लीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा नायग्रा रिजन सेरोफेरोमा बसोबास गर्ने, बिभिन्न पेसा ब्यवसाय गर्ने अनि नेपालीहरुका हितमा खोलिएका बिभिन्न संघ सँस्थामा आबद्ध झन्डै सय जनाको उपस्थिति रहेको थियो।
कार्यक्रम क्यानाडा र यु एस ए को सिमास्थित नायग्रामा अवस्थित बाल्टी इन्डियन रेस्टुरेन्टमा आयोजना भएको थियो। एमडीएस भिसाका आप्रवासी सल्लाहकार तथा आईसीआरसी मुगाराज भण्डारी, सीपीए विद्याभूषण कार्की, आप्रवासी सल्लाहकार तथा आईसीआरसी प्रमेश गुप्ता तथा बाल्टी इन्डियन रेष्टुरेन्टका संचालक टिकाराम न्युरे र गोपाल पुनले कार्यक्रमको प्रायोजन गरेका थिए ।