प्रिमियम इभी ‘नामी’ कार सार्वजनिक


काठमाडौं । नेपालको प्रतिष्ठित अटोमोबाइल कम्पनी एमएडब्लु ग्रुपले विश्वस्तरीय कार ब्रान्डहरुको पोर्टफोलियोमा नयाँ ईभी डोङफेङ नामी सार्वजनिक गरेको छ ।

नेपालको ह्याचब्याक ईभी सेग्मेन्टमा यो ईभीले लक्जरी र इनोभेसनमा नयाँ मापदण्ड स्थापना गर्ने अपेक्षा एमएडब्लु ग्रुपले लिएको बताएको छ ।

455797184_1491126448436785_6975763666848294514_n-1724517534.jpg
 

नामीलाई काठमाडौंमा आयोजना गरिएको फेसन इभेन्टमा सार्वजनिक गरिएको हो जसले उसको ट्यागलाइन ‘द बिग ह्याच विथ फाइभ स्टार लक्जरी’लाई न्यायोचित गरेको छ।

स्टाइल र सफोस्टिकेसनको समिश्रण भएको नामी युनिक मात्र नभइ ग्ल्यामरस पनि रहेको कम्पनीको भनाइ छ।

ह्याचब्याक सेग्मेन्टमा राखिए पनि यो इभी आकारमा ठूलो छ। प्रतिस्पर्धीको तुलनामा यसको आकार र चौडाइ ठूलो हुनुका साथै धेरै सेग्मेन्ट फस्ट र सेग्मेन्ट बेस्ट फिचर प्रयोग गरिएका छन्।

४०३० एमएमको लम्बाई, १८१० एमएमको चौडाइ र १५७० एमएम उचाइ तथा २६६० एमएम ह्विलबेस भएको नामी सेग्मेन्टकै सबैभन्दा ठूलो ह्याचब्याक हो।

454840289_803797851618699_4228171907499637430_n-1724517641.jpg