ईकोनोमिक खबर, काठमाडौँ।
नेपाल आयल निगमको अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन बिछ्याउने काम अन्तिम चरणमा गएकोे छ ।
यस पाईपलाईन परियोजनाका आवश्यक प्राविधिकका लागि लखनउमा आठ दिने विशेष तालिम दिदैछ, भारतीय आयल कर्पोरेशन सँगको सम्झौता अनुसार पेट्रोलियम पाइपलाइन परियोजनाको संचालन, मर्मत तथा संभार राख्ने जिम्मेवारी आयल निगमको भएकाले कर्पोरेशनले यही जेठ २३ गतेदेखि निगमका २५ जना प्राविधिक जनशक्तिलाई भारतको लखनउमा आठ दिने तालिम दिनेछ ।
यस पाईपलाईन आउँदो असारभित्र सञ्चालनमा आउने र सञ्चालनमा आएसँगै नेपाल आयल निगमलाई ईन्धन ढुवानीमा एक बर्षमा झण्डै २ अर्ब रुपैयाँ जोगिनेछ ।