ईकोनोमिक खबर, काठमाडौं।
चौतारी लघुवित्त वित्तीय संस्था,रुपन्देही र काभ्रेकोे आरम्भ माइक्रोफाइनान्सले एक आपसमा गाभिने सम्झौता गरेका छन। अन्य संस्थालाई थप मर्जरमा जाने घोषणा समेत गरेका छन् ।
चौतारी लघुवित्त वित्तीय संस्था, रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको छ र आरम्भ माइक्रोफाइनान्स काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको छ।
चौतारी लघुवित्तको प्राथमिक शेयर निष्काशन गरि बाँडफाँड गरेको र आरम्भले राष्ट्र बैंकको निर्देशनपछि मर्जरको बाटोमा पुगेका हुन्। दुई लघुवित्त गाभिएपछि बनेको आरम्भ चौतारी लघुवित्त राष्ट्रिय स्तरको बन्नेछ ।अब बन्ने लघवित्तको लोगोमा चौतारी लघुवित्तले प्रयोगगर्दे आइरहेको लोगो नै प्रयोग गरिने भएको बताए।
चौतारी र आरम्भले सम्झौता भएको ३ महिना भित्र संयुक्त कारोबार थालिने बताए। दुबै लघुवित्त १ः१(एक बराबर एक) शेयर स्वाईप रेसियोमा गाभिने र एकीकृत संस्थाको नाम आरम्भ चौतारी लघुवित्त रहने छ। आरम्भको चुक्ता पूँजी ६ करोड रुपैयाँ छ भने चौतारीको १८ करोड ६० लाख छ । नयाँ बन्ने लघुवित्तको चुक्ता पूँजी २४ करोड ६० लाख पुग्नेछ। यस्तै संस्थापक शेयर ६३/६६ प्रतिशत र साधारण शेयरको अनुपात ३६/३४ प्रतिशत कायम रहनेछ ।
चौतारी र आरम्भ दुवैले १५/१५ जिल्लामा आफ्नो सेवा संचालन गरिरहेका छन् ।वित्तीय संस्थाले तत्काल ३० जिल्लाका ७७ शाखा मार्फत करिब ३० हजार महिला सदस्यमा सेवा प्रवाह गर्नेछ । दुबै संस्थाको लगानीमा रहेको कर्जा एक अर्ब ९५ करोड र ६० करोड बचत रहेको छ ।
यसअघि आरम्भले हकप्रद जारी गरि पूँजी वृद्धि गर्ने प्रस्ताव साधारणसभाबाटै पारित गराएको थियो तर हकप्रद निष्काशनमा राष्ट्र बैंकले अंकुश लगाएपछि वैकल्पिक बाटो अंगालेको हो। यसअघि आरम्भ ७० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णयमा पुगेको थियो ।
नयाँ संस्थाको अध्यक्षमा चौतारीका जगतबहादुर पोखरेल र प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरे रहनेछन्। सञ्चालक समितिमा चौतारीको अध्यक्षसहिच ४ जना र आरम्भ माइक्रोफाइनान्सको २ जना रहनेछन्। साथै यो मर्जर पश्चात अझै उपयुक्त थप संस्थाहरुसँग मर्जर वा प्राप्तीमा जाने बताउँदै तीन चार वर्षभित्र नेपालकै सबैभन्दा ठूलो नेटवर्क भएको लघुवित्त बन्ने दाबी गरे ।