एनआरएनए केन्द्रिय अध्यक्ष डा. बद्री के.सी सहभागितामा सार्वजनिक सुनुवाइ गर्दै यूके एनआरएनए


अगष्ट २६ तारिख सोमबार बैंक होलिडेका दिन अल्डरसटको एम्पायर ब्यांकेटिङमा संघ र यसका अभियान सम्बन्धमा सार्वजनिक सुनुवाइ गर्न लागिएको हो ।

गैरआवासीय नेपाली संघ यूकेद्वारा यही अगस्त २६, २०२४ (Monday-Bank Holiday) का दिन अल्डरशट स्थित एम्पायर हलमा एनआरएनए केन्द्रिय अध्यक्ष डा. श्री बद्री के.सी ज्यू लगायत केन्द्रीय पदाधीकारीज्यूहरुको स्वागत तथा सम्मानका साथै संघ वारे सार्वजनिक सुनुवाई (गैरआवासीय संघ, नागरिकता, सम्पत्तिको सुरक्षा तथा गोर्खाहरु समस्याहरु वारे)  कार्यक्रम राखिएको जानकारी गराउँदै उक्त कार्यक्रममा उपस्थितीको लागी आमन्त्रण  छ।  

उक्त कार्यक्रममा नेपाली राजदुतावास द्वारा उपनियोग प्रमुख तथा कार्यवाहक राजदुत श्रीमती रोशन खनालज्यू समेतको बिषेश उपस्थिती  रहने छ भने स्वयं गैरआवासीय नेपाली संघ, केन्द्रिय परिषदका अध्यक्ष डा. बद्री के. सीज्यू को बिशिस्ठ आथित्यता रहने उक्त कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा गैरआवासीय नेपाली संघका अन्तरराष्ट्रीय पदाधिकारीज्यूहरुको समेत सहभागिता रहने छ।

 गैरआवासीय नेपाली संघका पदाधिकारीज्युहरु, विभिन्न नेपाली संघ संस्थाका अध्यक्षज्युहरु, प्रबुद्ध व्यक्तित्वहरु, सामाजिक अभियन्ता ज्यूहरु, तथा बेलायतवासी नेपाली दाजु-भाई तथा दिदि-बहिनीहरु सार्वजनीक सुनुवाई तथा स्वागत-सम्मान कार्यक्रम छ।