काठमाडौँ। नेपाली बजारमा सुन र चाँदीको मूल्य पुनः उकालो लागेको छ।
साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार रुपैयाँ कायम भएको छ।
यसअघि शुक्रबार सुनको मूल्य ४६ सय रुपैयाँले घटेर २ लाख ८१ हजार रुपैयाँमा झरेको थियो।
गत साता भने सुनको मूल्य लगातार घट्दै ६ दिनमै कुल ३६ हजार रुपैयाँले ओरालो लागेको थियो।
यता चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला ५० रुपैयाँले बढ्दै ४ हजार ७२० रुपैयाँ पुगेको छ।