युवा सम्मेलनको घोषणपत्र ग्रहण गर्दै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली


 साउन २९ नेपाल सरकारयुवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषद्को नेतृत्वमानेपालस्थित संयुक्त राष्ट्रसंघसँगको  साझेदारी र नागरिक समाजका संस्थाहरुको सहयोगमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा सम्मेलनको आयोजना गरिएको छ 

 सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले साउन २८ गते उद्घाटन गर्नुभएको सम्मेलनमा देशका सातै प्रदेशका १ सय ७० जनाभन्दा बढी युवा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उनीहरुको छनोट सातै प्रदेशमा बृहत् परामर्शबाट गरिएको थियो ।

Nepal-Youth-Summit_4-1723609377.jpg
 सम्मेलनमा शिक्षा तथा डिजिटलाइजेसनस्वास्थ्यआप्रवासनमर्यादित काम तथा सामाजिक सुरक्षा र जलवायु परिवर्तन तथा कृषि खाद्य प्रणालीको ६ वटा विषयगत समूहमा छलफल भएको थियो । यसमा सहभागीहरूले उनीहरूलाई ती विषयहरुले पारेको प्रभावबारे भनाइ राखेका थिए ।

 २०८१ असोज ६ र ७ गते (सेप्टेम्बर २२-२३) न्युयोर्कमा हुने ‘समिट फर द फ्युचर (भविष्यको सम्मेलन)’को अवसर पारेर नेपाल युवा सम्मेलन आयोजना गरिएको हो । नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डलसहित विश्वका नेताहरूको सहभागितामा राष्ट्रसंघमा हुने उक्त सम्मेलनले सबै तहमा युवाहरूको सहभागितालाई अभिवृद्धि गर्ने विषयमाथि पैरवी गर्ने भविष्यको पुस्तासम्बन्धी सम्झौतालाई ग्रहण गर्नेछ ।  

 समारोहमा बोल्दै सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले भन्नुभयो, “राष्ट्रिय विकासमा युवा सहभागिता बढाउँदै राजनीतिकआर्थिकसामाजिक र सांस्कृतिक अधिकारहरूको पूर्ण उपयोगको वातावरण सिर्जनामार्फत युवा सशक्तीकरण र विकासका लागि शिक्षास्वास्थ्यरोजगारीप्रतिनिधित्वखेलकुद तथा मनोरञ्जनलगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्न जरुरी छ । साथैराज्यको सर्वाङ्गीण विकासमा  उनीहरूको विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति अपरिहार्य छ भन्ने मलाई लाग्छ ।”

 सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज भएको समापनको समारोहमा दुई दिने नेपाल युवा सम्मेलनले जारी गरेको युवा घोषणापत्र प्रस्तुत गरिएको छ । नेपालको युवा घोषणापत्रले ‘प्याक्ट अफ द फ्युचर (भविष्यको सम्झौता)’ मा योगदान गर्नेछ । यसले वर्तमान र भावी  पुस्ताका लागि अझै उत्थानशील विश्व समुदायलाई बढावा दिन सदस्यराष्ट्रहरूको कार्य तथा प्रतिबद्धताको प्रारूप/खाकालाई निर्क्योल गर्नेछ ।

यो घोषणापत्रले युवाहरूलाई आफ्नो पूर्ण क्षमता उपयोगका लागि सीप र सेवामा पहुँच पुर्‍याउने सुनिश्चितता गर्न नेताहरूलाई आवश्यक कदमहरू चाल्न आह्वान गरेको छ । नेपाल एक मध्यम आययुक्त देशमा स्तरोन्नति हुँदै गर्दा युवा विकासलाई गति दिन सामाजिक र आर्थिक अवसरहरू सिर्जना गर्ने तथा महिला र बालिकाअपांगता भएका युवा र पछाडि पर्नसक्ने जोखिममा रहेकाहरूविरूद्धका हानिकारक अभ्यासहरूसमेतका संरचनागत र चलिआएका अड्चनहरू हटाउने पहल गर्न र एक स्वच्छस्वस्थ र दिगो वातावरणका लागि प्रभावकारी जलवायु कार्य गर्न आह्वान गरेको छ।  

युवा सम्मेलनको घोषणपत्र ग्रहण गर्दै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले असोजमा हुने समिट अफ द फ्युचर (भविष्यको सम्मेलन)मा नेपाली युवाहरुको आशा र अपेक्षालाई साझा गरिने प्रतिवद्धता जनाउनु भयो ।

Nepal-Youth-Summit-2024_-1-1723609333.jpg
 

 संयुक्त राष्ट्रसंघको नेपालस्थित आवासीय संयोजक हाना सिंगर हाम्दीले “निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिताआवश्यक स्रोतहरूको पहुँचतथा सीप र नवप्रवर्तनमा लगानीको महत्त्वलाई जोड दिँदै युवाहरूलाई आर्थिक वृद्धिलैङ्गिक समानता , जलवायु परिवर्तनसँग लड्न र सबैका लागि समृद्धदिगो भविष्य निर्माण गर्न सक्षम बनाउनु आवश्यकरहेको बताउनुभयो |

शिक्षास्वास्थ्यआप्रवासनसामाजिक सुरक्षालैंगिक समानताजलवायु परिवर्तन र अन्य थुप्रै क्षेत्रहरूमा युवा सहभागीहरुको ज्ञानसीप र क्षमताहरूलाई मजबुत पार्नको लागि सम्मेलनअघि देशका सातै प्रदेशहरूमा युवा परामर्श गरिएको थियो ।