बृहत पाशुपत पर्यटन कार्यक्रम सञ्चालन हुने


ललितपुर। धार्मिक तथा आध्यात्मिक पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले बहु पाशुपत पर्यटन कार्यक्रम सञ्चालन गरिने भएको छ। कार्यक्रमअन्तर्गत राष्ट्रका प्रमुख धार्मिक स्थलहरूलाई समेटेर विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिहरू आयोजना गरिनेछ।

उक्त कार्यक्रम करिब ४० दिनसम्म सञ्चालन हुने बताइएको छ। शिवरात्रि पर्वलाई विशेष केन्द्रमा राखेर धार्मिक यात्रा, दर्शन तथा आध्यात्मिक कार्यक्रमहरू आयोजना गरिनेछ।

यस कार्यक्रममार्फत नेपालका धार्मिक स्थलहरूको प्रचार–प्रसार गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आध्यात्मिक पर्यटनको विकास गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रममा नेपाल, भारत लगायत विभिन्न देशका हिन्दु धर्मावलम्बीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।