काठमाडौं, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईएमबी एस क्यापिटल लिमिटेडले मर्चेन्ट बैकिंक तथा इन्भेस्टमेन्ट बैकिंक क्षेत्रमा सेवा प्रदान गर्दै आएको आज १२ वर्ष पूरा भएको छ ।
धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त मर्चेन्ट बैंकरको रूपमा यस कम्पनीले आइपिओ जारी तथा बिक्री व्यवस्थापन, सेयर रजिस्टार, डिम्याट सेवा, प्रत्याभूति सेवा र लगानी व्यवस्थापन सेवा जस्ता सुविधाहरु प्रदान गर्दै आएको छ । एनआईएमबी एस क्यापिटलले सन्२०१४ मा नेपालको पहिलो म्युचुअल फण्ड योजना र २०१९ मा पहिलो खुला रुपी म्युचुअल फण्ड लन्च गरेको थियो ।
कम्पनीको १२ वर्ष पूरा भएको अवसरमा एनआईएमबी एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेज्युले भन्नुभयो, “हाम्रो कम्पनी १२ वर्षको हुनमा सबैभन्दा ठूलो योगदान हाम्रा प्रिय ग्राहकवर्गको छ । साथमा अथक मेहेनत र लगावका साथ काम गर्ने हाम्रा कर्मचारी लगायत हाम्रो सिंगो टिम बिना यो उपलब्धी सम्भव हुने थिएन । भविष्यमा पनि लगानीकर्ता तथा ग्राहकवर्गको लगानीमा उच्चतम्आम्दानी प्रदान गर्ने हाम्रो प्रतिबद्धता कायम गर्ने वाचा गर्दछु ।”
हाल एनआईएमबी एस क्यापिटलले रु. १० अर्बभन्दा बढी मूल्यांकन भएका पाँचवटा म्युचुअल फण्डहरूको
व्यवस्थापन र लगानी व्यवस्थापन सेवा अन्तर्गत लगानीकर्ताको रु. ६ अर्ब भन्दा बढी रकमको लगानी
व्यवस्थापन गर्दै नेपालको वित्तीय क्षेत्रमा आफूलाई अग्र स्थानमा राख्न सफल छ । साथै हालसम्म ४१ लाख भन्दा बढी ग्राहकहरुलाई आफ्नो सेवा प्रदान गर्न सफल एनआईएमबीे छ ।
साथै५००,०० भन्दा बढी डिम्याट खाताहरु व्यवस्थापन गर्नुका साथै २०० भन्दा बढी आइपिओ÷एफपिओजारी गर्न सफल रहेको छ ।
कम्पनीका अध्यक्ष सचिन तिब्रेवालले अतिथिहरूलाई स्वागत गर्नुभएको थियो भने धितोपत्र बोर्डका का. निर्देशक डा. नवराज अधिकारी र पूर्व मुख्य सचिव विमल कोइरालाले एनआईएमबी एस क्यापिटलले हाँसिल गरेको उपलब्धीलाई बधाई दिनुका साथै आगामी दिनको सफलताको लागि शुभकामना
व्यक्त गर्नुभएकोथियो।
एनआईएमबी एस क्यापिटलले प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्ड प्रबन्धकको रूपमा समेत
धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त गरेको छ । यस कम्पनीले १० अर्बभन्दा धेरैको लगानी क्षमता रहेको
प्राइभेट इक्विटी फन्ड – एनआईबिएल इक्विटी पार्टनर्सको व्यवस्थापन पनि गर्दछ । हालसम्म एनआईबिएल इक्विटी पार्टनर्सले एक अर्बभन्दा बढी लगानी गरिसकेको छ भने भविष्यमा सक्रिय रूपमा थप कोष लगानी गर्ने योजना यस कम्पनीको रहेको छ ।
एनआईएमबी एस क्यापिटलले नेपालमा पहिलो खुलामुखी म्युचुअल फन्ड बजारमा ल्याउनुका साथै
लगानीकर्ताको लागि विभिन्न विकल्पहरु प्रदान गर्दै आइरहेको छ । एनआईएमबी एस क्यापिटलले
लगानीकर्ताको लागि भविष्यमा थप लगानी विकल्पहरु ल्याउने प्रतिबद्धता जनाएको छ ।