विश्व मिगौला दिवस: ग्राण्डीमा  दश वर्षमा एक सय बहत्तर विरामीको मिगौला प्रत्यारोपण 


काठमाडौँ। बिस औँ विश्व मिगौला दिवसको अवसरमा बिहिबार ग्राण्डीमा आयोजित कार्यक्रममा दश वर्षको अवधिमा एकसय बहत्तर विरामीको सफल रुपमा मिगौला प्रत्यारोपण गरिएको जानकारी दिइएको हो ।
नेपालमा सन् २००८ मा सफल मिगौला प्रत्यारोपण सुरु गरिएपनि ग्राण्डी अस्पतालले भने सन् २०१६ जुलाईमा पहिलोपटक मिर्गौला प्रत्यारोपण सुरु गरेको थियो ।
कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद विजुक्छेले ग्राण्डीेले मिगौला रोगको उपचारलाई उच्च प्राथमिकता दिएको बताए । “नेपालका विरामी मिर्गौला प्रत्यारोपणका लागि विदेश जान नपरोस् भनेर ग्राण्डीले दश वर्ष पहिले मिगौला प्रत्यारोपणको काम सुरु गरेको थियो,”– उनले भने ।
अस्पतालकी वरिष्ठ मिगौला रोग विशेषज्ञ प्रा.डा. दिव्यासिंह शाहले मिगौला रोग कुनैपनि उमेर समूहका व्यक्तिलाई लाग्ने भएकाले बेलाबेलामा चेकजाँच गर्नु आवश्यक रहेको बताइन्। उनले ब्लड प्रेसर, सुगर समयमा चेकजाँच गर्न र धुम्रपान, मद्यपानलगायतका सूर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरिन्।
ग्राण्डीका वरिष्ठ युरोलोजीष्ट तथा ट्रान्सप्लान्ट सर्जन प्राडा प्रेमराज ज्ञवालीले नेपाल सरकारले मिगौला रोगीका लागि वर्षेनी ठूलो रकम खर्च गर्दै आएको बताए । उनले वर्षेनी सरकारले डायलोसिसका लागिरु एक अर्ब २७ करोड खर्च गर्दै आएको बताए।
अस्पतालका नेफ्रोलोजिष्ट डा. विष्णु पहारी, डा. शतिशचन्द्र यादवलगायतले मिगौला रोग लाग्न नदिन जनचेतना फैलाउन जरुरी रहेको बताएका थिए।
कार्यक्रममा ग्राण्डी अस्पतालमा मृगौला प्रत्यारोपण गरेका विरामी र डायलाइसिस गराइरहेका विरामीले आ आफ्नो अनुभव सुनाएका थिए ।
उक्त कार्यक्रममा मृगौला विरामी भएर अस्पतालमा उपचाररत विरामीलाई सम्मान समेत गरिएको थियो ।