नेपाल वादोरियो कराते डो संघका संस्थापक अध्यक्ष एवम् प्रदेश मन्त्री खानेपानी, उजा तथा सिचाई मन्त्री माननिय श्री श्याम बहादुर खड्का प्रमुख आतिथ्य दिक्षान्त समारोह कार्यक्रम सम्पन्न भयो।
आज साउन १९ गते नेपाल वादोरियो कराते डो संघको दिक्षान्त समारोहमा संघका संस्थापक निवर्तमान अध्यक्ष बागमती प्रदेश खानेपानी, उर्जा तथा सिचाइ मन्त्री हुनु भएकोमा माननीय श्याम बहादुर खड्का ज्यूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिने कार्यक्रम समेत भव्यका साथ सम्पन्न गरियो ।
यस संघका केन्द्रिय समितीका महासचिवः प्रतिक्षा श्रेष्ठ, कोषाध्यक्ष पुरुषोत्तम पोखरेल र सदस्यहरू लक्ष्मी रिजाल, राजकुमार कार्की लगायतको उपस्थित रहेको थियो। बागमती प्रदेश सल्लाहकार सन्तोष के. सी.को पनि उपस्थित रहेको थियो।
फस्ट डन परिक्षा तथा बेल्टपासमा २० जना खेलाडी सहभागी रहेको थियो। यसमा एसीया कराँतको प्रमुख हरीशरण केसी.को संयोजनमा सम्पूर्ण खेलाडीहरुलाई स्तरोन्ती का लागी विभिन्न कराँते खेलका परिक्षा लिई आन्तरीक बढुवा गर्नुभयो। यस सँघमा आबद्ध २ जना खेलाडीहरुले भर्खरै भुटान सम्पन्न खेलमा पदक हासील गरेका छन विजेता खेलाडीहरुलाई सम्मान तथा स्तरोन्नती गरी अनुशासन, खेल र देशका लागी केही गर्न उत्प्रेरीत गर्नुभयो, आगामी हुने राष्ट्र्रिय तथा अन्तराष्ट्रिय खेलमा यस सँघका आबद्ध खेलाडीहरुलाई पदक हासील गर्न हौसला प्रदान गर्नुभयो। दिक्षान्त र आफ्नो पदबाट स्तरोन्नती हुने खेलाडीलाई सर्टिफिकेट, बेल्ट र खादा लगाई सम्मान गर्नुभयो।
स्तरोन्नती हुने खेलाडीहरु क्रमशः संजय लामा तेस्रो बाट चौथो डनमा प्रबेश गर्नुभयो, संघर्ष पहरी, सुभ सिलवाल र पुजा गरुङ दाश्रो बाट तस्रो डनमा प्रेवश गर्नुभयो। एलन श्रेष्ठ, सुस्मीता वाईबा, अनिल उपरकोटी तेजस सिलवाल र शुसीला महर्जन प्रथमबाट दोश्रो डनमा स्तरोन्नती हुनुभयो। कुशल तामांङ, अप्सना मगर, निमा एस. लामा, सुजिन तामांङ र ईमिला थापामगर ब्ल्याक बेल्टमा स्तरोन्नती हुने खेलाडीलाई हरीशरण के.सी.बाट बेल्ट तथा पदक हस्तान्तरण गर्नुभयो।नेपाल वादोरियो कराते डो संघको दिक्षान्त समारोहमा काठमाण्डौ, भक्तपुर र ललितपुर संघका गुरुहरुको पनि उपस्थित रहेको थियो। साथै चितवन तथा धादिङका शाखा प्रमुखहरुको पनि सहभागी रहेको थियो।नेपाल वादोरियो कराते डो संघको अध्यक्ष हरीशरण के.सी.बाट अब अन्य जिल्लाहरुमा पनि शाखा विस्तारको योजना रहेको बताउनभयो । हरीशरण के.सी.बाट संघको दिक्षान्त समारोहमा सम्पन भयो ।