काठमाडौं, नेपाल ओकिनावा गोजु–र्यु कराते–डो संघको आयोजनामा सम्पन्न पहिलो राष्ट्रिय कराते च्याम्पियनसिप–२०२६ मा विभिन्न उमेर तथा तौल समूहका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। प्रतियोगिता होटल आनन्दा, पशुपति, काठमाडौंमा आयोजना गरिएको थियो।
प्रतियोगिताअन्तर्गत ५० केजी तौल समूह बालिका कुमितेमा सुमिला पौडेल विजेता भइन्। आठ वर्षमुनि बालिका कुमितेमा सजिता खान, १० वर्षमुनि बालिका कुमितेमा रेसिका तामाङ, १२ वर्षमुनि बालिका कुमितेमा निरुता श्रेष्ठ तथा १४ वर्षमुनि बालिका कुमितेमा रितिशा पौडेल विजयी भए।
त्यसैगरी १५ केजी तौल समूह बालक कुमितेमा प्रकृत पोखरेल, १० वर्षमुनि बालक कुमितेमा रोज श्रेष्ठ, ३५ केजी तौल समूहमा आशुतोष न्यौपाने, छ वर्षमुनि बालक कुमितेमा मनिष थापा, ११ वर्षमुनि बालक कुमितेमा आदित राई, १२ वर्षमुनि बालक कुमितेमा अविक न्यौपाने तथा १३ वर्षमुनि बालक कुमितेमा अशोक न्यौपाने विजेता बने।
४० केजी तौल समूहमा अजित श्रेष्ठ, ४५ केजीमा विजय मगराती, ५० केजीमा अरविन श्रेष्ठ, ५५ केजीमा अब्देश हजारी तथा ६० केजी तौल समूहमा कुण्डन लामिछाने प्रथम स्थान हासिल गर्न सफल भए।
टिमतर्फ समग्र अंकका आधारमा ग्रेसल्यान्ड डोजो प्रथम, भक्तपुर डोजो दोस्रो र झरना फिटनेस डोजो तेस्रो स्थानमा रहे। विजेता टिम तथा खेलाडीहरूलाई प्रमाणपत्र, पदक र सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रतियोगिताले खेलाडीहरूमा प्रतिस्पर्धात्मक भावना विकास गर्नुका साथै कराते खेलको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
आगामी दिनमा अझ व्यापक सहभागितासहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्ने योजना समेत सार्वजनिक गरिएको