
काठमाडौं। वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढङ्गले कपडा धुने र मेसिनभित्र नै सहजै सुक्ने प्रविधियुक्त, सि.जी.वासर एन्ड ड्रायर वासिङ मेसिन, नेपालको सबैभन्दा ठूलो र नं. १ ब्राण्ड सि.जी.ले उपलब्ध गराएको छ ।
पानी पर्ने मौसममा लुगा सुकाउने समस्याबाट मुक्त गराउने उद्देश्यले सि.जी.ले यो वासिङ मेसिन ल्याएको हो।
उक्त मेसिनमा स्पाकेयर प्रविधिको मद्दतले लुगा सफासँग धोई लुगामा भएका किटाणुहरुलाई नाशगरि, हिट पम्प ड्राइङ टेक्नोलोजि मार्फत् कपडा मेसिनभित्र, सहजैरुपमा धुन अनि सुकाउन मिल्छ।
बिड्राइभ इन्भर्टर मोटरले १४०० आर.पि.एम.मा कपडाहरु मज्जाले घुमाएर धुन्छ भने सोही मेसिनमा फरक–फरक किसिमका कपडाहरु फरक–फरक ढङ्गले धुनका लागि प्रि वाश, नाईट वाश, एक्स्ट्रा रिन्ज अनि स्पिडवासजस्ता मोडहरु छन्।