जनकपुरमा नेशनल लाइफद्वारा उत्कृष्ट अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न


नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मधेश प्रदेशका ७७ जना उत्कृष्ट अभिकर्ता सम्मानित गरेको छ । यस कार्यक्रमको आयोजना जनकपुरधामस्थित मिथिला यात्रीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्पन्न गरिएको थियो ।

मुख्य रूपमा आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन लक्ष्य सफलतापूर्वक पूरा गरेका ७७ जना अभिकर्तालाई सीईओ क्लब सदस्यता, सर्टिफिकेट, चाँदीको मेडल तथा विशेष पुरस्कार सहित सम्मान गरिएको हो । कार्यक्रममा विभागीय प्रमुख, प्रदेश प्रमुख तथा शाखा प्रमुखहरुको पनि सहभागिता रहेको थियो ।

समारोहमा सिइओ क्लबबाट उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ताहरुलाई क्लब सदस्यको सदस्यता वितरण गरिएको थियो । साथै, नेशनल रत्ननेशनल स्टार विजेता अभिकर्ताहरु समेत कम्पनीको लोगो अंकित चाँदीको मेडल तथा अन्य सामग्रीसहित सम्मानित भएका थिए । कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमदले व्यवसायिक दक्षता सम्बन्धी तालिम पनि प्रदान गरेका थिए ।