स्वास्थ्य बिमा बापत एक लाख बराबरको उपचार सेवा यथावत्


स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँ बराबरको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ ।

बिमा गरेबापतको रु एक लाख बराबर उपचार शुल्क यथावत् राखिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिनुभयो ।

उहाँले बीमा कार्यक्रम अन्तर्गत तीन हजार ५ सय रुपैयाँ बराबरको योगदान बराबर पाँच जना परिवारले पाउने वार्षिक कुल एक लाख रुपैयाँ बराबरको उपचार सेवाको सीमा यथावत् राखिएको बताउनुभयो।