काठमाडौं। विश्वका विभिन्न कुनाहरुमा स्थापना भएको सम्पूर्ण ब्यवसायहरुले आफ्नो व्यवसायलाई विश्व समुदाय माँझ उत्कृष्ट सावित गराउने प्रयास निरन्तर जारी राख्दछन् । उक्त प्रयासलाई वास्तविकतामा प्ररिणत गर्न व्यवसायिक कसरत वा गतिविधीका साथ अथक मेहनत गर्दा पनि केही व्यवसायी वा व्यवसायलाई मात्र विश्व समुदाय माँझ उत्कृष्ट हुने सौभाग्य प्राप्त हुन्छ ।
आजको समयमा विश्वहरुका सम्पूर्ण देशहरु एक अर्काको छिमेक जस्तै भैसकेका छन् । कुनै एक देशको गतिविधीले भौगोलिक अवस्थामा क्षितिज पारी रहेको देशलाई पनि विभिन्न किसिमका व्यवासायिक प्रभाव पारिरहेको हुन्छ । सम्पूर्ण व्यवसायको आफ्नो आफ्नो किसिमका फरक फरक व्यवसायिक लक्ष्य भए पनि सबैको एउटै लक्ष्य भनेको भएका व्यवसायहरु मध्ये आफ्नो व्यवसायलाई अब्बल सावित गर्नु हो ।
अझ विश्वव्यापिकरणको युगमा कुनै एउटा भूगोलमा स्थापित व्यवसायको प्रतिस्पर्धा विश्वको अर्को कुनामा रहेका व्यवसायसँग रहदै आएको छ । त्यसैले आजको नयाँ तथा स्थापित व्यवसायहरुको लक्ष्य भनेको विश्वभरीका आफ्नो प्रतिस्पर्धीहरु माँझ आफु्लाई उत्कृष्ट सावित गर्नु हो । कुनै एउटा व्यवसायले आफुलाई उत्कृष्ट सावित गर्दा उक्त व्यवसायले आफ्नो स्थापना भएको देशको झण्डालाई विश्वसामु उच्च बनाउछ ।
विश्वमाँझ देशलाई परिचित गराउने भएकाले देशका प्रख्यात कलाकारहरु तथा विभिन्न ब्यत्तित्वहरुलाई देशको गहनाको रुपमा चिन्ने गरिन्छ । यसै गरी आजको विश्वमा व्यवसायहरुले विश्वमाँफ उत्कृष्ट सावित गरी देशको झण्डा अन्तर्राष्ट्रिय समुदायमा उच्चो बनाउन प्रयासरत छन ।
सम्पूर्ण नेपालीहरुमाझ बैंकिङ्ग पहुँच विस्तार गर्ने उद्देश्य राखी सबैका लागि बैंक भन्ने मूलनारा सहित २०६३ सालमा स्थापना भएको नेपालीहरुको बैंक हो ग्लोबल आइएमई बैंक । ग्लोबल आइएमई नेपालको सबैभन्दा ठुलो बैंक हो भन्ने कुरालाई बैंकले वित्तीय सूचकंहरुको माध्यमबाट आफुलाई अब्बल स्थापित गरिसकेको छ । बैंकको देश भित्र भित्र रहने नागरिकका लागि मात्र होईन विश्वभरि रहनुभएका नेपालि नागरिकहरुलाई बैंकिङ्ग सेवा दिने प्रयास स्वरुप विश्वका विभिन्न मूलुकहरुमा बैंकको प्रतिनिधी कार्यालयहरु राखी सेवा संचालन गरीरहेको छ ।
देश भनेको भौगोलिक क्षेत्रमात्र नभई नागरिक पनि देश हो भन्ने मान्यतालाई आत्मसाथ गरी नेपाली नागरिकहरु रहनुभएको प्रदेशबाटै नेपाली बैंकको माध्यमबाट बैंकिङ्ग कारोबार गर्न सहजता प्रदान गरीरहेको छ । जसले उक्त बैंकको सबैंका लागि बैंक भन्ने मूलनारालाई थप सार्थकता प्रदान गरेको छ ।
ग्लोबल आइएमई बैंक नेपालको सबैभन्दा ठुलो वित्तीय संस्थाको रुपमा बैंकिङ्ग क्षेत्रलाई नेत्तृत्वदायी भुमिका निर्वाह गर्दै आईरहेको छ । ग्लोबल आइएमई बैंकले नविनतम सेवा तथा सुविधाहरुमा सार्वजनीक गरी बैंकको ग्राहकहरुलाई प्रविधिमा आधारित सेवाहरु प्रदान गरीरहेको छ र यस बैंकले सार्वजनीक गरी प्रदान गरीरहेको सेवाहरु आम बैंकिङ्ग क्षेत्रका ग्राहकमाँझ लोकप्रिय पश्चात् अन्य वित्तीय संस्थाहरुले पनि उक्त सेवा तथा सुविधालाई अंगिकार गरेको देखिन्छ ।
ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका बैैंक तथा वित्तीय संस्थाको विभिन्न सुचंकहरुको सुक्ष्म मुल्याङ्कन गरी विभिन्न महादेशबाट उत्कृष्ट बैंकहरु छनौट गर्दै आइरहेको छ । उक्त ग्लोबल फाइनान्स म्यागजिनले प्रदान गर्ने अवार्डलाई विश्वस्थरमा प्रतिठित अवार्डको रुपमा परिचित छ ।
विगतका वर्षहरुमा उक्त अवार्डका लागि अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरुलाई छनौट गर्दै आईरहेको थियो । तर यस वर्षदेखी एशिया प्यासिफिक क्षेत्र पनि समावेश गरेको थियो र उक्त क्षेत्रहरुमा नेपालको तर्फबाट ग्लोबल आइएमई बैंकलाई बेष्ट बैंक अवार्ड प्रदान गरेको हो । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो ।
यस वर्ष हङकङको एचएसबीसी, संयुक्त राज्य अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेशियाको मेबैंक, बङ्लादेशको स्टान्डर्ड चार्टर्ड बङ्लादेश, फिलिपिन्सको मेट्रोबैंक लगायतका विश्वभरका विभिन्न बैंकहरुलाई विभिन्न विधामा सम्मानित भएको थिए । एशिया प्यासिफिक अन्तर्गत नेपालको बैंक ग्लोबल आइएमई बैंकले उक्त सम्मान सहित नेपालको झण्डा विश्वमञ्चमा फर्फराएको हो ।
साथै, यस बैंकले देश भित्रका विभिन्न अभियानहरुमा नेत्तृत्वदायी भूमिका पनि निर्वाह गर्दै आइरहेको छ । दिगो विकास लक्ष्य २०३० प्राप्तिको लागि बैंकले नेपाल सरकार वा सरकारका माताहतका विभिन्न संस्थाहरु वा विदेशि संस्थाहरुसंग सहकार्य गर्दै आइरहेको छ । बैंकले वातावरणिय प्रदुषण कम गर्नको लागि विभिन्न किसिमका गतिविधी संचालन गरिरहेको छ । बैंकले आफ्नो कार्यालय भित्र प्लाष्टिकजन्य वस्तुहरुको कम प्रयोग गर्ने अभियान सुचारु गरी अन्य बैंक तथा वित्तीय संस्था र सम्पूर्ण व्यवसायहलाई यस अभियानमा लाग्न समेत आब्हान गरेको छ । साथै, बैंकले सार्वजनीक तथा व्यक्तिगत सवारीसाधनमा विद्युतिय साधनको पँहुच विस्तारको लागि पनि न्यूनतम् ब्याजदरमा कर्जा विस्तार गर्दै आईरहेको छ । बैंकको ग्रिन आवाश कर्जा योजनाको विशेषताहरुलाई हेर्ने हो भने यस बैंकलाई जिम्मेबार संस्थाको रुपमा हेर्न सकिन्छ । यस बैंक एक कर्पोरेट सिटिजन भएका कारणले यसले आफु स्थापित भएको समाजलाई एक असल नागरिकको परिचय दिई सेवा संचालन गर्नुपर्दछ भन्ने मान्यता राख्दै आएको छ ।
बैंकले लघु, साना तथा मझौला व्यवसायमा आम नागरिकलाई आर्कषण गर्नको लागि न्यूनतम् व्याजदरमा कर्जा सुनिश्चितताको लागि आईएफसीसंग ५६ मिलियन डलर ऋण लिई लैङ्गिक तथा जलवायु फाइनान्सिङ्गका क्षेत्रहरुमा वित्तीय पहुँच विस्तार गर्दै आएको छ । यस्ता कर्जाहरुको विस्तारले साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिष्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने, रोजगारी सृजना गर्ने र जलवायु लक्ष्य प्राप्तिमा सहयोग गर्नेे छ ।
बैंकले आफ्नो व्यवसाय विस्तार गर्दा पनि नेपाली माटोको आवश्यकतालाई आत्मसाथ गरी विभिन्न सेवा तथा सुविधा सार्वजनीक गर्दै आईरहेको छ । साथै, बैंकको अध्यक्ष चन्द्रप्रसाद ढकालले यस बैंकलाई विश्वको उत्कृष्ट १,००० बैंकमा समावेश गर्ने लक्ष्य राख्नुभएको छ ।