काठमाडौं। नेपाल टेलिकमले दुई सय बाईस रुपैयाँको प्याकेज अफर ल्याएको छ। टेलिकमले २२ औं वार्षिकोत्सवको अवसर पारेर उक्त प्याकेज अफर ल्याइएको हो।
टेलिकमले २२२ रुपैयाँमा २२ दिनको समयसम्म चलाउन मिल्ने २२ जीबी डेटाको सुविधा दिएको छ। यस्तो सुविधा टेलिकमको प्रिपेड र प्रोस्टपेप दुवै प्रयोगकर्ताका लागि भएको पनि उल्लेख छ।
टेलिकमले बुधबार आफ्नो २२ औँ वार्षिकोत्सवको मनाउँदै गर्दा जीएसएम प्रिपेड तथा पोस्टपेड ग्राहकहरूका लागि आकर्षक विशेष अफरसहितका प्याकेजहरू सार्वजनिक गरेको जानकारी दिएको छ। नेपाल टेलिकमका अनुसार यी अफरहरू माघ २२ देखि माघ २८ गते २०८२ सम्म लागू हुनेछन्।
वार्षिकोत्सवको अवसरलाई लक्षित गर्दै डाटा, भ्वाइस र एसएमएस समेटिएका किफायती प्याकेजहरू ल्याइएको टेलिकमले जानकारी दिएको छ। टेलिकमले सार्वजनिक गरेको विवरणअनुसार पहिलो प्याकेज डबल टू प्याक अन्तर्गत २२ जीबी डाटा २२ दिनका लागि उपलब्ध गराएको छ। जसको शुल्क करसहित २२२ रुपैयाँ तोकिएको छ।
पोस्टपेड ग्राहकका लागि यस प्याकेजमा रेन्टलसमेत समावेश गरिएको पनि उल्लेख छ। टेलिकमले डेली टू प्याक अन्तर्गत १ दिनका लागि २ जीबी डाटा केवल २२ रुपैयाँमा उपलब्ध गराइएको छ। टेलिकमले सेलिब्रेसन कम्बो प्याकमा २२२ मिनेट सबै नेटवर्कमा भ्वाइस कल, ४ जीबी डाटा तथा २२२ वटा एसएमएस समावेश छन्।
यसको अवधि २२ दिन र शुल्क २२२ रुपैयाँ रहेको छ। यो प्याकेज पनि पोस्टपेड ग्राहकका लागि रेन्टलसहित लागू हुनेछ।