डिएभी ं२अन्तर कलेज फुटसल प्रतियोगिता सम्पन्न
खेलकुदका माध्यमबाट विद्यार्थीमा अनुशासनको विकास तथा प्रतिभाशाली फुटबल खेलाडी तयार गर्ने उद्देश्यले डिएभी कलेजले आयोजना गरेको सातौँ डि.ए.भी. +2अन्तर कलेज 6 A side फुटसल प्रतियोगिता माघ १६गते संस्थाका अध्यक्ष अनिल केडियाको उपस्थितिमा शुभारम्भ गरिएको थियो ।
कलेजको आफ्नै फुटसल मैदानमा चालीस कलेजहरूका सहभागिता रहेको उक्तप्रतियोगितालाई कार्यक्रमका प्रमुख अतिथि केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया, त्यस्तै मुख्य अतिथिका रूपमा हिसान केन्दीय वरिष्ठ उपाध्यक्ष डा. स्वागत श्रेष्ठ तथा डिएभीं +2 (NEB) कलेजका प्रिन्सिपल तथा हिसान केन्द्रीय सदस्य सुमन बस्नेतल ेसंयुक्त रूपमा समुद्घाटन गर्नुभएको थियो ।
उक्त समुद्घाटन कार्यक्रममा शिवशक्ति एडु मार्ट प्रा.लि.का संस्थापक महेश गिरहिया, तथा सुमेरु सिटी हस्पिटलको प्रतिनिधिहरूको उपस्थिति थियो।
तीन दिन सम्म सञ्चालन भएको उक्त प्रतियोगिता+2 तहका सबैभन्दा ठुलो धनराशिको प्रतियोगिता भएको दाबी कलेजका प्रिन्सिपल सुमन बस्नेतले गर्नुभयो ।
साथै उक्त प्रतियोगिताका विजयी टिमहरूलाई केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया, कलेजका प्रिन्सिपल सुमन बस्नेत तथा शिवशक्ति एडु मार्ट प्रा.लिका संस्थापक महेश गिरहियाले संयुक्त रूपमा विजेता टिम समृद्धि स्कुललाई ३ लाख नगद, ट्रफी र प्रमाणपत्र तथा उपविजेता टिम हेराल्ड कलेजलाई २ लाख नगद, ट्रफी र प्रमाणपत्रका साथै उत्कृष्ट खेलाडी समृद्धि स्कुलका कप्तान बोगटी,उत्कृष्ट गोलरक्षक हेराल्ड कलेजका निराजन मगरर उच्च गोलकर्ता एआइटीएम कलेजका सुशन बलामीलाई पनि जनही नगद रू.१५,०००, व्यक्तिगत ट्रफी र प्रमाणपत्र वितरण गरियो ।