काठमाडौँ । नेपालउद्योग परिसंघले महिलाउद्यमीमहासंघ नेपालका नवनिर्वाचित अध्यक्ष तथा कार्यकारी समिति सदस्यहरुलाई बधाई एवं स्वागत गरेको छ ।
नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागतगर्दै परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले महिला उद्यमशीलको विकाससँगै समग्र आर्थिक विकासका लागि गहन रुपमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।स्वदेशी उत्पादनहरुको उपभोग बढाउनुपर्नेमा जोड दिनुपर्ने बताउनुहुँदै उहाँले परिसंघले मेक इन नेपाल स्वदेशीअभियान संचालन गरिरहेको बताउनुभयो।
उहाँले परिसंघ र महिला उद्यमी महासंघबीच गहन रुपमा सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा महासंघकी नवनिर्वाचित अध्यक्ष दर्शना श्रेष्ठले महिला उद्यमशीलको क्षेत्रमा सहकार्य गर्नुपर्ने बताउनुभयो । उहाँले महासंघ परिसंघसँग विभिन्न क्षेत्रमा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । सो अवसरमा सहकार्यका क्षेत्र लगायतका विषयमा छलफल भएकाथिए ।
कार्यक्रममा परिसंघका उपाध्यक्ष अमित मोर, परिसंघका महानिर्देशक डा. घनश्याम ओझालगायतको उपस्थिति रहेको थियो ।