कृषि योग्य जग्गालाई उत्पादन मैत्री बनाउनुपर्ने- कृषि मन्त्री ज्वाला साह


बारा । कृषि योग्य जग्गालाई उत्पादन मैत्री बनाउनुपर्ने चर्चा गरिएको छ । बिहिबार कंफेडरेशन ऑफ ऑल इंडिया ट्रेडर्स ( कैट ) बिहार अध्यक्ष अशोक कुमार वर्मा आफ्नी श्रीमती मंजू वर्मा सहित कृषि मन्त्री ज्वाला साह सहित उनको निवासमा नेपालमा बाझो जग्गालाई उत्पादन संग कसरी जोडने ’bout चर्चा गरिएको थियो ।

कृषि प्रदान देशमा कृषि क्षेत्रमा प्रस्सत संभावना रहेको कृषि मन्त्रीले बताईन । युवा जनशक्ति दिनहु खाडी मुलुकहरूमा आफ्नो श्रम बेच्नु बाध्य रहेको उनले बताईन । आधुनिक कृषिमा जोड दिई युवालाई स्वदेश मै रोजगारी सृजना गरि विदेश पलायन हुन बाट रोक्नु पर्नेमा जोड दिईन ।

छलफलमा नेपालमा युवा, महिला, किसान, बालबालिका, बिधार्थी, स्वास्थ्यकर्मी उधोग र निर्यात गर्ने विषयमा छलफल भएको मन्त्री साहले जानकारी गराईन ।

उधोगले कसरी उत्पादन बढाउने, रोजगारी सृजना गर्ने र निर्यात गर्ने सन्दर्भमा कैट बिहार अध्यक्ष वर्मा दम्पती भेटघाट कार्यक्रममा छलफल गरिएको साहले जानकारी गराईन ।

कैट बिहारको अध्यक्ष वर्माले कृषि मन्त्री साहसंगको भेटघाट फलदायी रहेको बताएका छन् । उनले इंडो-नेपालको सुमुधर सम्बन्धले व्यापारमा धेरै अवसर रहेको बताए । व्यापारमा धेरै अवसर प्रति वर्माले कृषि मन्त्री साहलाई अवगत गराए । नेपाल सरकारले सकारात्मक पहल कदमी गरे कृषि प्रदान देशमा उत्पादन गरेर आत्मनिर्भर बन्न सक्नेमा वर्माले जोड दिए ।